हामी भूमिगत हुने हल्ला निराधार: गजुरेल

काठमाण्डु टुडे २०७० कार्तिक २३ गते १२:०९ मा प्रकाशित

CP-Gajurelइलाम, २३ कात्तिक– मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले आफ्नो पार्टी भूमिगत नहुने बताएका छन् ।
इलाम सदरमुकाममा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले भूमिगत हुन लागेको भन्ने हल्लामा सत्यता नरहेको दाबी गरे ।

सरकारले आफ्ना पार्टीका नेता कार्यकर्ताविरुद्ध अनावश्यक धरपकड जारी राखे भूमिगत हुन पनि सकिने स्पष्ट गरे । आफूहरु भूमिगत हुनुपर्ने अवस्थामा त्यसको नोक्सानी सरकार र चुनावी प्रक्रियाको अगुवाई गरिरहेका दलले व्यहोर्नुपर्ने चेतावनी गजुरेलको थियो ।

‘नीति निर्माणतहमा रहेका हामीहरू खुलेआम देशभर पुगिरहेका छौं’, गजुरेलले भने, ‘हामी भूमिगत हुँदैनौं, भूमिगत हुने हल्ला निराधार हो ।’ गजुरेलले आफूहरुको निर्वाचन बहिस्कार अभियान शान्तिपूर्ण भइरहेको समेत दाबी गरे ।

तयारी निकै अघि बढिसकेका कारण ४ मंसिरको निर्वाचन स्थगन हुने सम्भावना भने कम रहेको गजुरेलले स्वीकारे । दलका नेतालाई सरकार चाहिएका कारण निार्वचन हुन लागेकाले संविधानसभाले संविधान दिन भने नसक्ने दाबी उनको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us