
भोजपुर, २२ असार–भोजपुरमा एकै परिवारका चार जनाको सामूहिक हत्या भएको छ ।
रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीमा एउटै परिवारका चार जनाको हत्या भएको भोजपुर प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरीका प्रहरी निरीक्षक दीपक श्रेष्ठका अनुसार ६८ वर्षीय बेलबहादुर गिरी, उनकी श्रीमती ४५ वर्षीया मञ्जु छोरी १६ वर्षीया मनिषा र छोरा ९ वर्षीय सपन गिरीको हत्या भएको हो ।
हत्यामा बेलहादुरका छोरी ज्वाईं राजेन्द्र राई संलग्न रहेको प्रहरीले जनाएको छ । घटनामा मारिएकाहरु बेलबहादुर राजेन्द्रका ससुसार, मञ्जु सासु, मनिषा श्रीमती र सपन सालो रहेको खुलेको छ ।
चारै जनाको हत्यापछि राजेन्द्र आफैंले प्रहरीलाई टेलिफोन गरी घटनाबारे जानकार दिएका थिए । प्रहरी निरीक्षक श्रेष्ठका अनुसार आफूले मान्छे मारेकाले लिन आउनुभन्दै उनले गएराति १ बजेतिर प्रहरी कन्ट्रोलको १०० नम्बरमा फोन गरेका थिए ।
राजेन्द्रलाई घटनास्थलमा घाइते अवस्थामा भेटिएको श्रेष्ठले बताए । उनको उपचार भइरहेको छ । घटनाबारे जानकारी पाएलगत्तै गएको प्रहरी टोलीले राजेन्द्रलाई नियन्त्रणमा लिएको हो ।
मृतकहरुको शव पोष्टमार्टमका लागि अस्पताल पठाएर प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।