नेकपा-माओवादीद्वारा १ दिन आमहडताल, अन्य दिन यातायात बन्द

काठमाण्डु टुडे २०७० कार्तिक २४ गते ९:३२ मा प्रकाशित

cpn-maoist1काठमाण्डु २४ कात्तिक– नेकपा–माओवादीले नेतृत्वमा रहेको ३३ दलीय राजनीतिक मोर्चाले संविधानसभा निर्वाचन बिथोल्नका लागि घोषित कार्यक्रममा केही हेरफेर गरेको छ । माओवादीले २५ गते सोमबार मात्र देशैभर आमहडताल गर्ने बताएको छ ।

यसअघि मंसिर ४ सम्मै आमहडताल गर्ने घोषणा गरेको माओवादीले आइतबार पत्रकार सम्मेलन गर्दै २६ गतेबाट चौबिसै घण्टा यातायात हडताल गर्ने तर उद्योग, कारखाना, शिक्षण संस्था बन्द नगर्ने घोषणा गरेको हो । यातायात हडताल सोमबारको आमहडतालको लगत्तै सुरु हुने जनाइएको छ ।

आमहडतालमा अवरोध नहुने सवारी साधनको सूची

मोर्चाले संविधानसभा निर्वाचन बिथालेल्ने गरी आब्हान गरिएको आमहडताल तथा यातायात हडतालमा सञ्चालन हुन पाउने सवारी साधनको सूची पनि सार्वजनिक गरेको छ ।

मोर्चाको कार्यदलका संयोजक तथा नेकपा–माओवादीका संयोजक देव गुरुङका अनुसार आमहडतालका वेला एम्बुलेन्स, रेडक्रसका सवारी साधन,शब बाहन,फोहोर बोक्ने गाडी,पानी बोक्ने गाडी, तरकारी बोक्ने, मानव अधिकारका गाडी, रिक्सा, ठेलागाढा, प्रेस र कुटनीतिक नियोगका सवारी साधन सञ्चालन हुन पाउनेछन ।

आमहडतालका वारेमा थप जानकारी गराउन सो मोर्चाले अपरान्ह ४ बजे नेकपा–माओवादीको केन्द्रीय कार्यालय बुद्धनगरमा पत्रकार सम्मेलन गर्दैछ । सो मोर्चाले सोमबारदेखि निर्वाचन सकिएको भोलिपल्ट मंसिर ५ गतेसम्म आमहडताल आब्हान गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us