राजनीति

पार्टी हार्नुमा आन्तरिक कारण जिम्मेवार : एमाओवादी

२०७० पुष ११ गते १५:१५

काठमाण्डु, ११ पुस– एकीकृत माओवादीका पूर्वपोलिटब्युरो सदस्यहरुले निर्वाचनमा पार्टी पराजित हुनुमा आन्तरिक कारण जिम्मेवार रहेको बताएका छन् । बिहीबार पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा बसेको पूर्वपोलिटब्युरो सदस्यहरुको बैठकमा बोल्ने अधिकांशले पार्टी संगठन मजबुत नहुँदा चुनावमा पराजय ब्यहोर्नुपरेको बताएका छन् । जनता र पार्टीबीचको दूरी बढेकाले...

नयाँ जनादेश अनुसार राष्ट्रपति : ज्ञवाली

२०७० पुष ११ गते १५:०४

भक्तपुर, ११ पुस– नेकपा (एमाले)का प्रचार विभाग प्रमुख प्रदीपकुमार ज्ञवालीले कांग्रेरस एमाले प्रतिस्पर्धी भए पनि संविधान निर्माण प्रक्रियामा सहकर्मी भएकाले लोकतन्त्रलाई संस्थागत गर्न दुई दलबीच सहकार्य आवश्यक भएको बताएका छन् । भक्तपुरमा भएको कार्यक्रममा नेता ज्ञवालीले कांग्रेसले एमालेलाई कमजोर बनाउन एमाओवादीलाई कार्डका रुपमा प्रयोग...

माओवादी बैठकमा किराँतीको यस्तो प्रस्ताव

२०७० पुष ११ गते १४:४०

काठमाण्डु, ११ पुस– एकीकृत माओवादी नेता गोपाल किराँती आफ्ना अभिव्यक्ति र गतिविधिका कारण बेला बेलामा चर्चामा आइरहन्छन् । बिहीबार काठमाण्डुमा बसेको एकीकृत माओवादीको पूर्वपोलिटब्युरो बैठकमा पनि  किराँतीले नयाँ कुरा गरेर बैठकमा सहाभागी नेताहरुको ध्यान आफूतिर तान्ने काम गरे । उनले समानुपातिकतर्फको सभासद चयनबारे अनौठो...

‘प्रजातान्त्रिक संविधान जारी हुने विश्वास’

२०७० पुष ११ गते १२:४४

काठमण्डु, ११ पुस – उपराष्ट्रपति परमानन्द झाले संविधानसभाले पूर्ण प्रजातान्त्रिक संविधान जारी गर्नेमा आफू विश्वस्त रहेको बताएका छन् । भारतीय दूतावासले बिहिबार गरेको कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । नेपाल र भारतबीच सांस्कृतिक, धार्मिक एवम् ऐतिहासिक सम्बन्ध रहेको चर्चा गर्दै उपराष्ट्रपति झाले...

निर्वाचन ऐन दोस्रो संसोधन अध्यादेश सिफारिस

२०७० पुष ११ गते १०:२८

काठमाण्डु, ११ पुस – सरकारले संविधानसभा निर्वाचन ऐन दोस्रो संसोधन अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषदको बैठक  राष्ट्रपति समक्ष अध्यादेश सिफारिस गर्ने निर्णय गरेको हो । संविधानसभाका जेष्ठ सदस्यको शपथ राष्ट्रपतिबाट गराउने व्यवस्था गर्न बनेको अध्यादेश राष्ट्रपतिबाट स्विकृत भएपछि सभासदहरुलाई सपथ...

‘सहमति नभए बहुमतबाट संविधान ’

२०७० पुष ११ गते ९:५४

काठमाण्डु, ११ पुस– कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सबै राजनीतिक दलको भावना समेटेर सहमतिको दस्तावेजका रुपमा संविधान बनाउने बताएका छन् । देउवाले कांग्रेसले अहिले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताए । देउवाले सबै दलबीच सहमति हुन नसके बहुमतका आधारमा संविधान निर्माणको काम अघि बढाउने बताए...

को को परे मालेबाट सभासद ?

२०७० पुष ११ गते ९:३०

काठमाण्डु, ११ पुस- नेकपा मालेले समानुपातिक तर्फका सभासद् छनोट गरेको छ । बिहीबारको पोलिटब्यूरो बैठकले महासचिव सिपी मैनाली, केन्द्रीय सदस्य अईन्द्रसुन्दर नेम्वाङ, शिवचन्द्र चौधरी, कलशा महरा र अखिल नेपाल प्रगतिशील महिला संघका केन्द्रीय सदस्य कमला विश्वकर्मालाई सभासद बनाउने निर्णय गरेको हो । यो नाम...

सभासद छान्न एमाओवादी पूर्व पोलिटब्यूरो बैठक

२०७० पुष ११ गते ८:४१

काठमाण्डु, ११ पुस – एकीकृत माओवादीको पूर्व पोलिटव्यूरोको बैठक बसिरहेको छ । पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा जारी बैठकमा समानुपातिक तर्फका उम्मेदवारको सूचीलाई अन्तिम रुप दिने लगायतका विषयमा छलफल हुनेछ । साथै बैठकमा आगामी केन्द्रीय समितिको बैठकमा पेश गर्ने राजनीतिक प्रतिवेदनका लागि सुझाव संकलन गर्ने...

पहिचानको मुद्दामा गलत प्रचार भयो: कुमाल

२०७० पुष ११ गते ६:४७

रोल्पा, ११ पुस – आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष नगेन्द्र कुमालले आफूहरुको मुद्दालाई गलत ढङ्गले प्रचार गरिएको आरोप लगाएका छन् । आफूले जातीय राज्य नभई जातीय पहिचानको मुद्दा उठाएको भन्दै उनले यसमा स्पष्ट हुन आग्रह गरेका छन् । आदिवासी जानजाति पत्रकार महासंघ फोनिज रोल्पाको...

काँग्रेसमा सभासद चयनको विवाद तिव्र

२०७० पुष ११ गते ६:१६

काठमाण्डु, ११ पुस– नेपाली काँग्रेस पदाधिकारी बैठकमा समानुपातिक सभासद चयनमा विवाद भएको छ । सहमति नभएपछि विहीबार विहान बसेको पदाधिकारी बैठक बिना निष्कर्ष टुंगिएको छ । सभासद चयनबारे छलफल गर्न काँग्रेस पदाधिकारीहरुको बैठक सभापति सुशील कोइरालाको निवास महाराजगन्जमा बसेको थियो । बैठकपछि उपसभापति रामचन्द्र...

बिचारबाट बिचलित भएका छैनौं : प्रचण्ड

२०७० पुष ११ गते ६:१४

काठमाण्डु, ११ पुस– एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओको बिचारबाट बिचलित नभएको बताएका छन् । मार्क्सवाद–लेनिनवाद–माओवादको सिर्जनात्मक प्रयोग आफूहरुले गर्दै आएको उनको भनाइ छ ।...

११ र १२ को परीक्षा प्रणालीमा सुधार

२०७० पुष ११ गते ४:३२

भक्तपुर, ११ पुस–उच्च माध्यमिक शिक्षा परिषद परीक्षा नियन्त्रण कार्यालयले बारकोड युक्त मार्कस्लिप प्रयोगमा ल्याएको छ । परिषदले सञ्चालन गर्दै आएको कक्षा ११ र कक्षा १२ को परीक्षा प्रणालीमा सुधार गर्दै उत्तरपुस्तिकामा बारकोड र अप्टिकल मार्क रिडर प्रयोगमा ल्याइएको हो । परिषद्का कामु परीक्षा नियन्त्रक...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us