काँग्रेसमा सभासद चयनको विवाद तिव्र

काठमाण्डु टुडे २०७० पुष ११ गते ६:१६ मा प्रकाशित

NC-Flagकाठमाण्डु, ११ पुस– नेपाली काँग्रेस पदाधिकारी बैठकमा समानुपातिक सभासद चयनमा विवाद भएको छ । सहमति नभएपछि विहीबार विहान बसेको पदाधिकारी बैठक बिना निष्कर्ष टुंगिएको छ ।

सभासद चयनबारे छलफल गर्न काँग्रेस पदाधिकारीहरुको बैठक सभापति सुशील कोइरालाको निवास महाराजगन्जमा बसेको थियो । बैठकपछि उपसभापति रामचन्द्र पौडेलले सभासद चयनको अन्तिम टुंगो नलागेको जानकारी दिए ।

विहीबारै बस्ने भनिएको संसदीय समितिको बैठक पनि नेताहरुबीचको विवादको कारण दुई दिनको लागि स्थगित गरिएको छ । संसदीय समितिको बैठक शनिबार बस्ने छ ।

काँग्रेसमा सभापति सुशील कोइराला, बरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलपक्षबीच सभासद चयनको विषयमा विवाद हुदै आएको छ । संस्थापन पक्षका ६० प्रतिशत र देउवा पक्षका ४० प्रतिशत सभासद रहने गरी भागबन्डाको तयारी भैरहेको छ । तर, नेता देउवाले बराबर संख्यामा सभासद हुनु पर्ने माग गर्दै आएकोले सहमति नजुटेको स्रोतले जनाएको छ ।

काँग्रेसले समानुपातिक तर्फ ९१ सिट पाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us