बागमती नदीमा दाउरा टिप्न गएका एक जना बालकको उद्धार, अर्का बालक बेपत्ता

काठमाण्डु टुडे २०८२ असार २६ गते १३:२३ मा प्रकाशित

काठमाण्डू, २६ असार– रौतहटको माधवनारायण नगरपालिका–८ स्थित बागमती नदीको बाढीमा बगेर एक बालक बेपत्ता भएका छन भने अर्का बालकको भने सकुशल उद्धार गरिएको छ ।

बिहीबार दिउँसो २ बजेतिर घर नजिकै बागमती नदीमा बाढीले बगाएर ल्याएको दाउरा टिप्न गएका स्थानीय १३ वर्षीय सुधीर पासवान बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

सुधीरसँगै दाउरा टिप्न गएका अर्का बालक १३ वर्षीय शिवजी पासवानलाई भने स्थानीय र प्रहरीले सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी सरोज डल्लाकोटीले जानकारी दिए ।

दुवै बालक दाउरा टिप्न गएको बेला अचानक अएको बाढीको भेलमा फसेका थिए । एकजना बेपत्ता भए पनि स्थानीयले तत्कालै सशस्त्र प्रहरी बोलाउँदा उद्धार गरिएको थियो ।

उद्धार गरिएका बालक नदीको बीचमा फसेर उद्धार कुरेको भिडियो समाजिक सञ्जालमा भाइरल भएको छ । ती बालक नै बगेको भनेर भाइरल भइरहेको भिडियो असत्य रहेको प्रहरीले दाबी गरेको छ । बेपत्ता बालक सुधीरको खोजी कार्य गरिरहेको सूचना अधिकारी डल्लाकोटीले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us