काठमाण्डु, १३ पुस – राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो भागमा परेको समानुपातिकतर्फका १० जना सभासदको नामावली शनिबार निर्वाचन आयोगमा बुझाउँदैछ । केन्द्रीय समितिको निर्णय बमोजिम छानिएका सभासदको नामावली शनिबार निर्वाचन आयोगमा बुझाइने राप्रपा सह–प्रवक्ता किरण गिरीले जानकारी दिए । शनिबार सार्वजनिक विदा भएपनि निर्वाचन आयोग...
काठमाण्डु, १३ पुस । समानुपातिक सभासद चयनका विषयमा सहमति जुटाउन नेपाली काँग्रेस संसदीय समितिको बैठक शनिबार बस्दैछ । बिहिबार बसेको पदाधिकारी बैठकमा विवाद भएपछि संसदीय समितिको बैठक शनिबारसम्मका लागि स्थगित भएको थियो । बैठक दिउँसो १ बजे पार्टी मुख्यालय सानेपामा बस्ने प्रवक्ता दिलेन्द्रप्रसाद बडुले...
पर्वत, १२ पुस– एमाले नेता प्रदीप ज्ञवालीले एमालेलाई उपयोग गर्ने नीतिमा कांग्रेससँग सहकार्य हुन नसक्ने बताएका छन् । कांग्रेससँग प्याकेजमै सहमति हुने भन्दै ज्ञवालीले उपयोग गर्ने कांग्रेसको नीति भए सहकार्य नहुने बताए । पर्वतमा भएको कार्यक्रममा ज्ञवालीले छिट्टै संविधानसभालाई पूर्णता दिई सरकार बनाउने र...
भक्तपुर, १२ पुस– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशमा जातीय आधारमा संघीयता नहुने हो भने काँग्रेस र एमालेबीच सत्ता साझेदारी हुनुपर्ने बताएका छन् । भक्तपुरमा भएको कार्यक्रममा बिजुक्छेले कांग्रेस एमाले मिले मात्रै देशमा जातीय संघीयता नहुने बताए । बिजुक्छेले दुई दलमध्ये कुनै...
काठमाण्डु, १२ पुस – राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो भागमा परेको समानुपातिकतर्फका १० जना सभासदको नाम टुङ्गो लगाएको छ । राप्रपाबाट अध्यक्ष सूर्यबहादुर थापा, नेताहरु जयन्त चन्द, सरोजा शर्मा, परशुराम तामाङ, रमेश लामा, राज्यलक्ष्मी श्रेष्ठ, इस्तियाक अहमद खान, आनन्दी पन्त, गीता सिंह र लक्ष्मी थापा...
काठमाण्डु, १२ पुस–एकीकृत नेकपा माओवादीले समानुपातिक सभासद् केन्द्रीय समितिबाट टुङ्गो लगाउने भएको छ । पार्टी कार्यालय कोटेश्वरमा दुई दिनसम्म बसेको पूर्वपोलिटब्यूरो समितिको बैठकले सभासद् चयन केन्द्रीय समिति बैठकबाट टुंगो लगाउने निर्णय गरेको हो । शुक्रबारको बैठकपछि प्रवक्ता अग्नी सापकोटाले आउँदो आइतबार दिउँसो एक बजे केन्द्रीय...
काठमाण्डु १२ पुस–मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले संबिधानसभा निर्वाचनपछि नवीन समयको प्रारम्भ भएको बताएका छन । नेपालमा शान्ति र स्थायित्व कायम हुने वातावरण निर्माण हँुदै आएको स्मरण गराउदै रेग्मीले २०७० मङ्सिर ४ गते स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा अधिकाधिक जनसहभागितासहित संविधानसभा निर्वाचन भएको बताए ।...
काठमाण्डु, १२ पुस–आन्तरिक बिवादका बाबजुद नेकपा एमालेले समानुपातिक सभासद छनोट अन्तिम चरणमा पुर्याएको छ । पार्टीले पाएको ८४ समानुपातिक सिटमध्ये मध्यान्हसम्म झण्डै ६० सभासदको टुंगो लागिसकेको छ । बाँकी सभासद छनौटको प्रयास जारी छ । प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले निर्वाचन आयोगमा शुक्रबारै सूची...
काठमाण्डु, १२ पुस – एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी र जनताबीचको दूरी बढ्नु नै चुनावमा पराजयको मुख्य कारण भएको बताएका छन् । पूर्वपोलिटब्युरो सदस्यको काठमाण्डुमा भएको बैठकमा प्रचण्डले चुनावमा पार्टी पराजित हुनुमा आन्तरिक र बाह्य दुवै कारण उत्तिकै जिम्मेवार रहेको बताए ।...
ललितपुर, १२ पुस–राष्ट्रिय मानव अधिकार आयोगले सशस्त्र द्वन्द्वको समयमा चितवनमा मारिएका कृष्णप्रसाद अधिकारीको मुद्दामा नेपाल प्रहरीबाट भइरहेको अनुसन्धान प्रक्रियालाई प्रभावकारी बनाउन ध्यानाकर्षण गराएको छ । आयोगका कायममुकायम सचिव वेदप्रसाद भट्टराईद्वारा शुक्रबार जारी प्रेस विज्ञप्तिमा घटनाको अनुसन्धान कार्य छिटोछरितो भए पनि पछिल्लो समयमा जिल्ला प्रहरी...
काठमाण्डु १२ पुस–पछिल्लो जनादेशले दिएको मेलमिलाप र सहकार्यको सन्देशलाई आत्मसात गरेर अघि बढ्न राजनीतिक दलहरुलाई सुझाव दिइएको छ । टङ्कप्रसाद स्मृति प्रतिष्ठानद्वारा स्व. आचार्यको १०२ आँै जन्मजयन्तीका सन्दर्भमा शुक्रवार आयोजित ‘वर्तमान राजनीतिक स्थिति र आगामी दिनमा सञ्चारमाध्यमले खेल्नुपर्ने भूमिका’ विषयक अन्तक्र्रियाका सहभागीले राजनीतिक प्रक्रियामार्फत...
काठमाण्डु, ११ पुस– संविधानसभाको पहिलो बैठक मन्त्रीपरिषदका अध्यक्षले बोलाउने कि राष्ट्रपतिले बोलाउने भन्ने विवाद बढ्दै जाँदा सरकारका प्रवक्ताले प्रधानमन्त्रीले पहिलो बैठकले बोलाउने बताएका छन् । सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री माधवप्रसाद पौडेलले अन्तरिम संविधानको धारा ६९ मा प्रधानमन्त्रीले संविधान सभाको पहिलो बैठक...