‘जातीय संघीयता नहुन काँग्रेस एमालेको सरकार’

काठमाण्डु टुडे २०७० पुष १२ गते १३:१० मा प्रकाशित

narayan man bijukchheभक्तपुर, १२ पुस– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशमा जातीय आधारमा संघीयता नहुने हो भने काँग्रेस र एमालेबीच सत्ता साझेदारी हुनुपर्ने बताएका छन् ।

भक्तपुरमा भएको कार्यक्रममा बिजुक्छेले कांग्रेस एमाले मिले मात्रै देशमा जातीय संघीयता नहुने बताए ।

बिजुक्छेले दुई दलमध्ये कुनै एक दल बाहिर रहेमा सरकार सञ्चालनदेखि संविधान जारी हुन नसक्ने भन्दै सरकार सञ्चालनमा दुई दल मिल्नुपर्ने बताए ।

राष्ट्रपतिको निर्वाचन संविधान निर्माणपछि मात्र हुनुपर्ने उल्लेख गर्दै उनले देश र जनताप्रति दलहरू उत्तरदायी भएमा मात्र एक वर्षभित्रमा संविधान निर्माण हुनसक्ने बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us