
काठमाण्डु, १३ पुस – राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो भागमा परेको समानुपातिकतर्फका १० जना सभासदको नामावली शनिबार निर्वाचन आयोगमा बुझाउँदैछ ।
केन्द्रीय समितिको निर्णय बमोजिम छानिएका सभासदको नामावली शनिबार निर्वाचन आयोगमा बुझाइने राप्रपा सह–प्रवक्ता किरण गिरीले जानकारी दिए ।
शनिबार सार्वजनिक विदा भएपनि निर्वाचन आयोग खुल्ला रहने छ । प्रवक्ता विरबहादुर राईले आयोग शनिबार पनि खुल्ला रहने जानकारी दिए ।
राप्रपाले अध्यक्ष सूर्यबहादुर थापा, नेताहरु जयन्त चन्द, सरोजा शर्मा, परशुराम तामाङ, रमेश लामा, राज्यलक्ष्मी श्रेष्ठ, इस्तियाक अहमद खान, आनन्दी पन्त, गीता सिंह र लक्ष्मी थापा पासवानलाई सभासद बनाउने निर्णय गरेको छ ।
जयन्त चन्द लोकेन्द्रबहादुर चन्दका छोरा हुन् भने सरोजा शर्मा नेता रविन्द्रनाथ शर्माकी पत्नी हुन् ।