लोकेन्द्रका छोरादेखि रविन्द्रनाथकी पत्नीसम्म राप्रपाका सभासद

काठमाण्डु टुडे २०७० पुष १२ गते १२:५७ मा प्रकाशित

RPPकाठमाण्डु, १२ पुस – राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो भागमा परेको समानुपातिकतर्फका १० जना सभासदको नाम टुङ्गो लगाएको छ ।

राप्रपाबाट अध्यक्ष सूर्यबहादुर थापा, नेताहरु जयन्त चन्द, सरोजा शर्मा, परशुराम तामाङ, रमेश लामा, राज्यलक्ष्मी श्रेष्ठ, इस्तियाक अहमद खान, आनन्दी पन्त, गीता सिंह र लक्ष्मी थापा पासवानलाई सभासद बनाउने निर्णय गरेको छ ।

जयन्त चन्द लोकेन्द्रबहादुर चन्दका छोरा हुन भने सरोजा शर्मा नेता रविन्द्रनाथ शर्माकी पत्नी हुन् । राप्रपाले शनिबार निर्वाचन आयोगमा नाम बुझाउने जनाएको छ ।

केन्द्रीय समितिको निर्णय बमोजिम सभासद छानिएको र शनिबार निर्वाचन आयोगमा बुझाइने राप्रपाका सह प्रवक्ता किरण गिरीले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us