
पर्वत, १२ पुस– एमाले नेता प्रदीप ज्ञवालीले एमालेलाई उपयोग गर्ने नीतिमा कांग्रेससँग सहकार्य हुन नसक्ने बताएका छन् ।
कांग्रेससँग प्याकेजमै सहमति हुने भन्दै ज्ञवालीले उपयोग गर्ने कांग्रेसको नीति भए सहकार्य नहुने बताए ।
पर्वतमा भएको कार्यक्रममा ज्ञवालीले छिट्टै संविधानसभालाई पूर्णता दिई सरकार बनाउने र एक वर्षभित्रमा संविधान बनाउने कुरामा दलहरु अघि बढ्नुपर्ने बताए ।