
काठमाण्डू, २६ असार– रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही–३ को उपनिर्वाचनमा उम्मेदवार बन्नका लागि आवेदन आह्वान गरेको छ ।
पार्टीको सचिवालय बैठकले उम्मेदवार छनोट कार्यविधि स्वीकृत गर्दै केन्द्रीय समिति सदस्यहरूलाई रायका लागि पठाइएको प्रवक्ता मनीष झाले जानकारी दिएका छन् ।
इच्छुक व्यक्तिहरूबाट प्राप्त आवेदनको मूल्यांकन गरेर कार्यविधि अनुसार उम्मेदवार छनोट प्रक्रिया सञ्चालन गर्न छन । त्यस्तै, उपनिर्वाचन सम्बन्धी सबै कार्यको नेतृत्व गर्नेगरी सहमहामन्त्री विपिन कुमार आचार्यलाई जिम्मेवारी दिने निर्णय पनि बैठकले गरेको पनि कार्यवाह प्रवक्ता झाले जानकारी दिए ।