राजनीति

समानुपातिक सभासद छान्न दलहरु व्यस्त

२०७० पुष ११ गते ४:०५

काठमाण्डु, ११ पुस–समानुपातिक सभासदको नामावलीलाई अन्तिम टुंगो लगाउन राजनीतिक दलहरु छलफलमा व्यस्त भएका छन् । नेपाली काँग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी र मधेसवादी दलहरु छलफलमा जुटेका हुन् ।...

एमाओवादी माओका योगदानबाट निर्देशित

२०७० पुष ११ गते २:४३

काठमाण्डु, ११ पुस–चिनियाँ साम्यवादी नेता माओत्सेतुङको १ सय २० औं जन्मोत्सव बिहीबार नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रम गरी मनाइदै छ । माओको जन्म सन् १८९३ डिसेम्बर २६ का दिन चीनको हुनान प्रान्तमा भएको थियो । बिश्व कम्युनिष्ट बिचारका प्रवर्तकहरुमा माओलाई पनि एक महान् दार्शनिकका...

किन भने बाबुरामले–‘हे भगवान मलाई बचाउ’

२०७० पुष १० गते ११:०७

काठमाण्डु, १० पुस – संविधानसभा निर्वाचनपछि सामाजिक सञ्जालहरु मार्फत आफ्ना अभिव्यक्ति सार्वजनिक गर्दै आएका एकीकृत माओवादी नेता डा. बाबुराम भट्टराईले आफूमाथि आफ्नै भन्नेहरुबाट खतरा रहेको बताएका छन् । सामाजिक सञ्जाल ‘फेसबुक’मार्फत उनले आफ्ना अभिव्यक्ति र विचारहरुको आलोचना भएकामा रोष प्रकट गरेका छन् । भट्टराईले...

समानुपातिक सूची बुझाउने म्याद पाँच दिन थप

२०७० पुष १० गते १०:२८

काठमाण्डु, १० पुस – समानुपातिक सभासदको सूची बुझाउने म्याद तेस्रो पटक थपिएको छ । प्रमुख दलहरुको आग्रहमा निर्वाचन आयोगले थप ५ दिनको समय दिएको हो । बुधबार विहान बसेको आयोगको बैठकले सूची बुझाउने समय पुस १५ गतेसम्मका लागि थप गर्ने निर्णय गरेको आयोग प्रवक्ता...

कोइरालाले जँचाए कान

२०७० पुष १० गते १०:२७

काठमाण्डु, १० पुस– कांग्रेस सभापति सुशील कोइरालले कानमा समस्या देखिएपछि परीक्षण गराएका छन् । कोइरालाले बुधबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा कानको परीक्षण गराएका हुन् । अस्पतालका प्राध्यापक डा चोपलाल भुसाल लगायतको चिकित्सकको टोलीले उनको कानको परीक्षण गरेको थियो । कोइरालाको कानमा खासै समस्या नदेखिएको...

कांग्रेस नेतृत्वको सरकारलाई समर्थन : अनन्त

२०७० पुष १० गते ९:३३

काठमाडौ, १० पुस– एकीकृत माओवादीका नेता वर्षमान पुनले कांग्रेसको नेतृत्वमा बन्ने सरकारलाई विनासर्त समर्थन गर्ने बताएका छन् । काठमाण्डुमा भएको कार्यक्रममा पुनले आफ्नो पार्टी सरकारमा नजाने र सरकार परिवर्तनको खेलमा पनि नलाग्ने स्पष्ट पारे । ‘अहिले अवस्थामा सरकार भन्दा पनि संविधान महत्वपूर्ण हो,’ पुनले...

छिट्टै सरकार गठन हुने रेग्मीको विश्वास

२०७० पुष १० गते ८:२८

काठमाण्डु, १० पुस – मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले छिट्टै निर्वाचित सरकार गठन हुने विश्वास व्यक्त गरेका छन् । राजधानीमा बुधबार एलआरआई उमाविको रजत जयन्ती समारोहलाई सम्बोधन गर्दै रेग्मीले संविधानसभा अधिवेशनसँगै छिट्टै नयाँ सरकार बन्ने बताए । संविधानसभा अधिवेशनको प्रारम्भसँगै संविधान निर्माण र निर्वाचित सरकार...

एमाओवादी पूर्व पोलिटव्यूरो बैठक स्थगित

२०७० पुष १० गते ७:५६

काठमाण्डु १० पुस – एकीकृत माओवादीको पूर्व पोलिटव्यूरोको बैठक बिहिवारसम्मका लागि स्थगित भएको छ । बैठक बुधवार दिउसो १ बजे पार्टी मुख्यालयमा बोलाइएको थियो । शिर्ष नेतृत्वको आन्तरिक कार्यव्यस्तताका कारण बैठक स्थगित भएको स्रोतले जनाएको छ । समानुपातिक तर्फका उम्मेदवारको सूचीलाई अन्तिम रुप दिने...

नेपालमा शान्ति र समृद्धिको वातावरण सुनिश्चित : राष्ट्रसंघ

२०७० पुष १० गते २:४५

काठमाण्डु, १० पुस–संयुक्त राष्ट्रसंघले दलहरुबीच भएको पछिल्लो सहमतिले शान्ति र समृद्धिको वातावरण सुनिश्चित हुने विश्वास व्यक्त गरेको छ । नेपालका राजनीतिक दलहरु सहमति र सहकार्यबाटै नयाँ संविधान निर्माण गर्न र शान्ति प्रक्रियाको बाँकी कार्यभार पूरा गर्न सक्षम हुने राष्ट्रसंघको विश्वास छ । मन्त्रिपरिषद अध्यक्ष...

बर्तमान संविधानसभा भंग गर्नुपर्छ : थापा

२०७० पुष ९ गते ११:५२

काठमाण्डु, ९ पुस – नेकपा–माओवादी महासचिव रामबहादुर थापाले बर्तमान संबिधानसभा भंग नगरेसम्म  समस्या समाधान नहुने दाबी गरेका छन् । मंगलबार नेपालगन्जमा थापाले संबिधानसभाको दोस्रो निर्वाचनमा जनताले राजनीतिक दललाई दिएको जनमत र निर्वाचनको बिधि अलोकतान्त्रिक भएको  आरोप लगाए । राजनीतिक सभाबाट समस्याको समाधान खोज्नु पर्ने...

सूची बुझाउन थप पाँच दिनको समय माग

२०७० पुष ९ गते ११:२९

काठमाण्डु, ९ पुस – दलहरुले समानुपातिक सूची बुझाउने म्याद फेरि थप्न निर्वाचन आयोगलाई आग्रह गरेका छन् । मंगलबार बसेको उच्चस्तरीय राजनीतिक समितिको बैठकमा सहभागी दलका नेताहरुले यही पुस १५ गतेसम्म म्याद थप्न आयोगलाई आग्रह गर्ने निर्णय गरेका हुन् । देश सहमतिय राजनीतिको प्रक्रियातर्फ अघि...

प्रमुख दलहरुबीच चार बुँदे सहमति (सहमतिपत्रसहित)

२०७० पुष ९ गते १०:०४

काठमाण्डु, ९ पुस – संविधानसभाको दोस्रो निर्वाचनपछि देखिएका समस्या समाधान गर्न दलहरुबीच ४ बुँदे सहमति भएको छ । शान्तिकोषको सचिवालमा मंगलबार अपराह्न बसेको राजनीतिक समितिको बैठमा ८ दलका शीर्ष नेताहरुले सहमतिमा हस्ताक्षर गरेका हुन्। निर्वाचनमा विषयमा उठेका प्रश्नबारे अध्ययन गरी सुझाव दिन संसदबाट समिति...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us