
काठमाण्डु, १० पुस– कांग्रेस सभापति सुशील कोइरालले कानमा समस्या देखिएपछि परीक्षण गराएका छन् ।
कोइरालाले बुधबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा कानको परीक्षण गराएका हुन् ।
अस्पतालका प्राध्यापक डा चोपलाल भुसाल लगायतको चिकित्सकको टोलीले उनको कानको परीक्षण गरेको थियो ।
कोइरालाको कानमा खासै समस्या नदेखिएको जानकारी डा भुसालले दिएका छन् । रासस