
काठमाण्डु १० पुस – एकीकृत माओवादीको पूर्व पोलिटव्यूरोको बैठक बिहिवारसम्मका लागि स्थगित भएको छ ।
बैठक बुधवार दिउसो १ बजे पार्टी मुख्यालयमा बोलाइएको थियो । शिर्ष नेतृत्वको आन्तरिक कार्यव्यस्तताका कारण बैठक स्थगित भएको स्रोतले जनाएको छ ।
समानुपातिक तर्फका उम्मेदवारको सूचीलाई अन्तिम रुप दिने र आगामी केन्द्रीय समितिको बैठकमा पेश गर्ने राजनीतिक प्रतिवेदनका लागि सुझाव संकलन गर्ने उद्देश्यले केहि दिनदेखि जारी बैठक थियो ।
बैठकका लागि केन्द्रीय कार्यालय पुगेका नेताहरु फर्केका छन् ।
एमाओवादीले समानुपातिको सूची बनाउन नेताहरु पोष्टबहादुर बोगटी,बर्षमान पुन,गिरिराजमणि पोखरेल र देवेन्द्र पौडेल रहेको कार्यदल बनाएको छ ।
सो कार्यदलले तयार पार्ने सूचीलाई पूर्व पोलिटव्यूरोको बैठकले अनुमोदन गरेपछि निर्वाचन आयोगमा बुझाउने तयारी सो पार्टीले गरेको छ ।