
काठमाण्डु, १० पुस – समानुपातिक सभासदको सूची बुझाउने म्याद तेस्रो पटक थपिएको छ । प्रमुख दलहरुको आग्रहमा निर्वाचन आयोगले थप ५ दिनको समय दिएको हो ।
बुधबार विहान बसेको आयोगको बैठकले सूची बुझाउने समय पुस १५ गतेसम्मका लागि थप गर्ने निर्णय गरेको आयोग प्रवक्ता बीरबहादुर राईले बताए ।
निर्वाचन आयोगमा हालसम्म जम्मा १३ वटा दलले समानुपातिक सभासदको सूची बुझाएका छन् । राप्रपा नेपाल बाहेकका अन्य कुनै पनि ठूला दलले नामावली बुझाएका छैनन् ।
अझै १७ वटा दलले नामावली बुझाउन बाँकी रहेको राईले जानकारी दिए । संविधानसभाको दोस्रो निर्वाचनबाट ३० वटा दलले समानुपातिकतर्फ आफ्नो प्रतिनिधित्व सुनिश्चित गरेका थिए ।