एमाओवादी माओका योगदानबाट निर्देशित

काठमाण्डु टुडे २०७० पुष ११ गते २:४३ मा प्रकाशित

maoकाठमाण्डु, ११ पुस–चिनियाँ साम्यवादी नेता माओत्सेतुङको १ सय २० औं जन्मोत्सव बिहीबार नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रम गरी मनाइदै छ ।

माओको जन्म सन् १८९३ डिसेम्बर २६ का दिन चीनको हुनान प्रान्तमा भएको थियो । बिश्व कम्युनिष्ट बिचारका प्रवर्तकहरुमा माओलाई पनि एक महान् दार्शनिकका रुपमा मान्ने गरिन्छ । गरीब मजदुर किसानहरुलाई एक बनाई उनीहरुको शासन व्यवस्था ल्याउन सकिन्छ भन्ने उनको बिचारमा पाइन्छ । उनले चीनमा आफ्नो बिचारको व्यवहारिक प्रयोगगरी गरीबको राज्यसत्ता ल्याएका थिए ।

साम्यवादी नेता माओले अर्धसामन्ती र अर्धऔपनिवेशिक देशमा क्रान्ति सम्पन्न गर्ने माओवादी जनयुद्धका सिद्धान्तहरुको विकास गर्दै चीनमा जनवादी क्रान्तिको नेतृत्व गरेका थिए । माओको नेतृत्वमा सन् १९४९ मा चीनमा जनवादी गणतन्त्र स्थापना भएको थियो । क्रान्ति पश्चात प्रतिक्रान्तिलाई रोक्न उनले सर्वहारा साँस्कृतिक क्रान्तिको नेतृत्व समेत गरेका थिए ।

माओको राजनैतिक तथा सैन्य नितीहरुलाई अनुसरण गरेर नेपालमा तत्कालिन नेकपा माओवादीले १० बर्षसम्म सशस्त्र जनयुद्ध सञ्चालन गरेको थियो ।

‘मालेमावादको रक्षा, प्रयोग र विकासको दिशामा एमाओवादी दृढ’

यसैबीच एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विहीबार प्रेस विज्ञप्ति निकालेर माओका सैद्धान्तिक तथा व्यावहारिक योगदानहरुले निरन्तर मार्गदर्शन गरिरहने बताएका छन् । विज्ञप्तिमा मार्क्सवाद–लेनिनवाद–माओवादको रक्षा, प्रयोग र विकासको दिशामा दृढतापूर्वक अघि बढिरहने प्रतिबद्धता जनाइएको छ ।

प्रचण्डले निकालेको विज्ञप्ति यस्ताे छ –

Press Statement copy

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us