मानव तस्करमार्फत गएका ११ नेपालीलाई क्रोएसियाले फर्काइदियो

काठमाण्डु टुडे २०८२ असार २५ गते २०:३७ मा प्रकाशित

काठमाण्डू, २५ असार– युरोपेली मुलुक क्रोएसियाले मानव तस्करमार्फत कामदार भिसामा त्यहाँ पुगेका ११ नेपालीलाई फिर्ता पठाइदिएको छ ।
भिसामा कैफियत देखिएपछि क्रोएसियाले उनीहरूलाई विमानस्थलबाटै फर्काइदिएको हो । उनीहरु वर्किङ भिसामा गत २१ असारमा क्रोएसिया उडेका थिए ।

तर, त्यहाँको अध्यागमले भिसा नै शंकास्पद देखिएपछि फिर्ता पठाइदिएको हो । अध्यागमन उच्च श्रोतका अनुसार ती नेपालीलाई चार दिनसम्म बन्दी बनाएर राखिएको थियो । पाँचौं दिनमा भिसा रद्ध गरी फिर्ता पठाइएको हो । उनीहरू फ्लाई दुबईको विमानबाट बुधबार काठमाण्डू आइपुगेका छन् ।

त्यसरी फिर्ता आउनेमा अमितकुमार विश्वकर्मा, अतित तामाङ, उपेन्द्रप्रसाद वली, गीता सुनुवार, शंकर सुनुवार, दीपक श्रेष्ठ, वीरेन्द्रप्रकाश राना, दीपक चौधरी, पल्सीन लिम्बु, लक्ष्मण मगर र मनिषा कार्की सुब्बा छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us