राजनीति

आयोगमा सूची बुझाउने आज अन्तिम दिन

२०७० पुष १५ गते १:५४

काठमाण्डु, १५ पुस– निर्वाचन आयोगले समानुपातिक तर्फको सूची बुझाउन दलहरुलाई दिएको अन्तिम समय सीमा सोमबार सकिदै छ । आज अन्तिम दिन भएकाले निर्वाचन आयोगमा दलहरुले आफूले पाएको समानुपातिक कोटा अनुसार सभासदहरुको सूची बुझाउदै छन् । सूची तयार पार्न दलहरु विहानैदेखि छलफलमा व्यस्त छन् ।...

चौध दलले अन्तिम दिन सभासद छान्ने

२०७० पुष १४ गते १६:२७

एकीकृत माओवादी जस्तै कांग्रेसले पनि अन्तिम दिन समानुपातिक सभासदको सूची बुझाउने भएको छ सबै भन्दा ठूलो दल नेपाली कांग्रेस र तेश्रो ठूलो दल एकीकृत नेकपा माओवादीले आ-आफ्नो भागमा परेका समानुपातिक प्रणाली तर्फका सभासदको सूचि निर्वाचन आयोगले तेश्रो पल्ट थपिदिएको म्याद सकिने दिन सोमवार मात्र...

काँग्रेसमा अन्तरघातको किचलो कायमै

२०७० पुष १४ गते १३:५६

जाजरकोट, १४ पुस – चुनावमा अन्तरघात गरेर पार्टीको आधिकारीक उम्मेदवारलाई हराएको भन्दै नेपाली काँग्रेस जाजरकोटले पाँचजना नेता विरुद्ध कारबाहीको सिफारिस गरेको छ । पार्टीका जिल्ला नेताहरु झलकनाथ वाग्ले, उनकी श्रीमती चिन्ताकुमारी वाग्ले, राम शाह, रमेश सिंह र सनत कार्की विरुद्ध कारबाहीको सिफारिस गरिएको हो...

अन्तरघातको अरोपमा अनुशासनको कारबाही

२०७० पुष १४ गते १३:१३

धादिङ, १४ पुस – गएको संविधानसभा निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारलाई हराउन भूमिका खेलेको आरोपमा नेपाली काँग्रेस धादिङले नेपाल दरुण दलका जिल्ला अध्यक्ष र दुई जना महासमिति सदस्यमाथि अनुशासनको कारबाही गरेको छ । नेपाली काँग्रेस धादिङका सभापति एवम् धादिङ क्षेत्र नं २ का प्रत्यक्षतर्फका उम्मेदवार...

एमालेको नुवाकोट कार्यालयमा तालाबन्दी

२०७० पुष १४ गते १२:५६

नुवाकोट, १४ पुस – नेकपा (एमाले)ले समानुपातिक सभासद्को अन्तिम सूचीमा  जिल्लाको प्रतिनिधित्व गर्ने एक जना पनि नपारेको भन्दै असन्तुष्ट कार्याकर्ताले जिल्ला पार्टी कार्यालयमा विदुरमा तालाबन्दी गरेका छन् । जिल्ला कमिटीको सचिवालय सदस्य राजेन्द्रप्रसाद पाण्डेको नेतृत्वमा आएका कार्यकर्ताले विदुरस्थित पार्टी कार्यालयमा अनिश्चितकालका लागि तालाबन्दी गरेका...

निर्वाचित सरकारको प्रतीक्षामा छौं : अर्थमन्त्री कोइराला

२०७० पुष १४ गते ११:५४

म्याग्दी, १४ पुस – अर्थ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री शङ्करप्रसाद कोइरालाले आफूहरू निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर रहेको बताएका छन् । म्याग्दी उद्योग वाणिज्य संघले बेनीमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री कोइरालाले वर्तमान सरकारले संविधानसभा निर्वाचन सम्पन्न गराउने प्रमुख जिम्मेवारी पूरा गरिसकेकाले...

सभासद छान्ने जिम्मा केन्द्रीय कार्यालयलाई

२०७० पुष १४ गते ९:५६

काठमाण्डु, १४ पुस – एकीकृत नेकपा माओवादीका तर्फबाट संविधानसभामा प्रतिनिधित्व गर्ने समानुपातिक सभासदहरुको अन्तिम टुंगो केन्द्रीय कार्यालयले लगाउने भएको छ । आइतबार पार्टी मुख्यालय कोटोश्वर पेरिसडाँडामा बसेको केन्द्रीय समिति बैठकले सभासद चयनको जिम्मा केन्द्रीय कार्यालयलाई दिने निर्णय गरेको हो । साथै बैठकले सभासद चयनका लागि पाँच बुँदे...

सभासद छान्न संसदीय बोर्डको बैठक जारी

२०७० पुष १४ गते ९:३९

काठमाण्डु, १४ पुस – समानुपातिक सभासदको अन्तिम नामावली टुंगो लगाउन नेपाली काँग्रेसको संसदीय बोर्डको बैठक जारी छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकबाट सभासदको नामावली टुंगो लगाउने प्रवक्ता दिलेन्द्र प्रसाद बडुले जानकारी दिए । निर्वाचन आयोगले दिएको पछिल्लो समयसीमा सोमबार सकिने भएकाले काँग्रेसले आइतबार...

सभासद चयनमा कमजोरी भयो : नेम्वाङ

२०७० पुष १४ गते ८:४९

भक्तपुर, १४ पुस – एमाले नेता एवम् संविधानसभाका पूर्व अध्यक्ष सुवासचन्द्र नेम्वाङले समानुपातिक सभासद चयनमा पार्टीले कमजोरी गरेको बताएका छन् । रफत सञ्चार क्लव भक्तपुरले आइतबार आयोजना गरेको कार्यक्रममा नेम्वाङले सभासद चयनमा भएको कजोरी नसच्याए पार्टीलाई क्षति पुग्ने बताएका हुन् । सभासद चयनमा एमालेले...

मधेसी दलहरुबीच एकता हुनुपर्छ : तमलोपा

२०७० पुष १४ गते ७:३५

काठमाडौ, पुस १४ – तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) ले मेधेसी दलहरुबीच एकता हुनुपर्नेमा जोड दिएको छ । तमलोपा केन्द्रीय समितिको बैठकले मधेस केन्द्रित दलहरुबीच एकता हुनुपर्ने निष्कर्ष निकालेको हो । अहिलेको परिपेक्ष्यमा मधेशी दलहरु बीच एकता, सहकार्य र समक्षदारी अत्यावश्यक हुनपुगेको तमलोपाको निष्कर्ष...

सभासद नभए पनि भुवन केसी एमालेमै

२०७० पुष १४ गते ६:१४

काठमाण्डु-अभिनेता भुवन केसीले एमालेले एमालेले आफूलाई सभासद नबनाएपनि आफूले पार्टी नछोड्ने बताएका छन् । रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर केसीले आफू सभासद नभएपनि एमालेमै रहने प्रतिबद्धता जनाए । केसीले आफू पद प्राप्तीका लागि भन्दा पनि एमालेको सिद्धान्त मन परेकाले राजनीतिमा लागेको भन्दै पार्टी र...

एमालेमा असन्तुष्टी चुलिदै, तालावन्दी र राजीनामाको लहर

२०७० पुष १३ गते १६:१०

काठमाण्डु १३ पुस–समानुपातिक सभासद छनौट प्रति असन्तुष्टी व्यक्त गर्दै एमालेका आकाँक्षीहरुले राजीनामा दिन थालेका छन । नेकपा (एमाले) सोलुखुम्बुका सम्पूर्ण पदाधिकारीले शनिवार सामूहिक राजीनामा दिएका छन् । अन्य जिल्ला पनि असन्तुष्टी व्यक्त गर्दै राजीनामा दिने लहर चलेको एमालेका असन्तुष्ट नेताहरुले बताएका छन । समानुपातिक...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us