मधेसी दलहरुबीच एकता हुनुपर्छ : तमलोपा

काठमाण्डु टुडे २०७० पुष १४ गते ७:३५ मा प्रकाशित

flag of tamalopaकाठमाडौ, पुस १४ – तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) ले मेधेसी दलहरुबीच एकता हुनुपर्नेमा जोड दिएको छ ।

तमलोपा केन्द्रीय समितिको बैठकले मधेस केन्द्रित दलहरुबीच एकता हुनुपर्ने निष्कर्ष निकालेको हो । अहिलेको परिपेक्ष्यमा मधेशी दलहरु बीच एकता, सहकार्य र समक्षदारी अत्यावश्यक हुनपुगेको तमलोपाको निष्कर्ष छ ।

बैठकपछि पार्टी अध्यक्ष महन्थ ठाकुरले बिज्ञप्ति जारी गर्दै मधेसवादी दलहरुलाई एकता एवं सहकार्यको दिशामा अग्रसर हुन आग्रह गरेका छन् । तमलोपाले चुनाव अघि पनि मधेसी दलहरुबीच चुनावी सहकार्य हुनुपर्नेमा जोड दिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us