काठमाण्डूको बौद्धमा आगलागी हुँदा एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८२ असार २६ गते १७:१८ मा प्रकाशित

काठमाण्डू, २६ असार– काठमाण्डूको बौद्धमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । बौद्धस्थित एक घरको कोठामा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी अपील राज बोहराले जानकारी दिएका छन ।

मृतकको नाम खुलिसकेको छैन । मृतक शारिरिक रुपमा अशक्त रहेको र कोठामा आगलागी भएपछि जलेर मृत्यु भएको बोहराले जानकारी दिए । घटनाबारे थप बुझ्ने काम भइरहेको पनि उनले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us