
नुवाकोट, १४ पुस – नेकपा (एमाले)ले समानुपातिक सभासद्को अन्तिम सूचीमा जिल्लाको प्रतिनिधित्व गर्ने एक जना पनि नपारेको भन्दै असन्तुष्ट कार्याकर्ताले जिल्ला पार्टी कार्यालयमा विदुरमा तालाबन्दी गरेका छन् ।
जिल्ला कमिटीको सचिवालय सदस्य राजेन्द्रप्रसाद पाण्डेको नेतृत्वमा आएका कार्यकर्ताले विदुरस्थित पार्टी कार्यालयमा अनिश्चितकालका लागि तालाबन्दी गरेका हुन् ।
केन्द्रले प्रत्यक्षमा कुनै पनि क्षेत्र नजितेको जिल्लालाई प्राथमिकतामा राखेर समानुपातिकको सभासद् बनाउने भने पनि नुवाकोटबाट कोही नपरेकाले विरोधस्वरुप तालाबन्दी गरिएको जिल्ला सदस्य पाण्डेले बताए ।
समानुपातिकतर्फ एमाले नुवाकोटबाट महेन्द्रबहादुर पाण्डे र श्रीमाया लामा उम्मेदवार रहेका थिए ।