एमालेमा असन्तुष्टी चुलिदै, तालावन्दी र राजीनामाको लहर

काठमाण्डु टुडे २०७० पुष १३ गते १६:१० मा प्रकाशित

काठमाण्डु १३ पुस–समानुपातिक सभासद छनौट प्रति असन्तुष्टी व्यक्त गर्दै एमालेका आकाँक्षीहरुले राजीनामा दिन थालेका छन ।

नेकपा (एमाले) सोलुखुम्बुका सम्पूर्ण पदाधिकारीले शनिवार सामूहिक राजीनामा दिएका छन् । अन्य जिल्ला पनि असन्तुष्टी व्यक्त गर्दै राजीनामा दिने लहर चलेको एमालेका असन्तुष्ट नेताहरुले बताएका छन । uml office
समानुपातिक सभासद् छनोटमा सोलुखुम्बुलाई हेर्ने पार्टीको दृष्टिकोण सङ्कीर्ण छ भन्दै पाँचौंँ जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कमिटी सोलुखुम्बुका पदाधिकारीले राजीनामा दिएका हुन् । “एमाले जिल्ला कमिटी सोलुखुम्बुको आकस्मिक बसेको बैठकले सामूहिक राजीनामा दिने निर्णय गरेका हाँैं” जिल्ला सचिव डुफकुमार बास्तोलाले भने ।
अमृतकुमार बोहोराका श्रीमान श्रीमती नै समानुपातिकबाट सभासद छनौट भएका छन भने रामकुमारी झाँक्री,राजेन्द्र राई र ठाकुर गैरे जस्ता युवा नेताहरुलाई समानुपातिको सूचीबाट हटाइएको छ ।

अछाममा कसैलाई पनि समानुपातिक सभासद चयन नगरिएपछि त्यहाँको पार्टी कार्यालयमा तालबन्दी गरिएको छ । मिना साउद र भीम जनालाको नाम बन्द सूचीमा भएपनि एक जनापनि सभासद छनौट नभएपछि पार्टी कार्यालयमा तालावन्दी गरी स्थायी समितिलाई पठाइएको ज्ञापनपत्रमा अछामबाट सभासद चयन नगरिए जिल्ला कमिटीबाट सबैले राजीनामा दिने चेतावनी दिइएको छ । समानुपातिकको सूची नसच्याएसम्म तालाबन्दी नखोलिने पनि अछामका नेताहरुले केन्द्रीय नेतृत्वलाई चुनौती दिएका छन । अछाममा कार्यकर्ताहरुले पार्टी कार्यालय तोडफोड गर्न खोजेका थिए तर नेताहरुलाई तोडफोड हुनबाट जोगाएका छन । दुवै क्षेत्रमा जितेको एमालेलाई समानुपातिकमा पनि अछाममा पहिलो पार्टीको मत प्राप्त भएको थियो ।
समानुपातिक सभासद छनौटमा बिभेद गरिएको बिरोधमा कैलालीमा रहेको एमाले सेती अञ्चल पार्टी कार्यालयमा तालावन्दी गरिएको छ । धनगढीस्थित अञ्चल कार्यालयमा एमालेका कार्यकर्ताहरुले बिरोध गर्दै तालाबन्दी गरेका हुन । एमालेका नेता कार्यकर्ताले जारी गरेको प्रेस बिज्ञप्तिमा समानुपातिकको निर्णय नसच्याएसम्म तालावन्दी जारी राख्ने चेतावनी दिएका छन ।

एमाले सुनसरी जिल्ला कमिटीका नेताहरुले केन्द्रको निर्णय अस्वीकार गर्ने घोषणा गरेका छन । सुनसरीबाट समानुपातिकको सूचीमा एक जना पनि नपरेपछि उनीहरुले केन्द्रले निर्णय नसच्याए कठोर कदम चाल्ने चेतावनी दिएको छन ।Jhakri
झाँक्रीले फेसबुकमा लेखेकी छन-‘राजनीति निर्मम हुन्छ, जहाँ मानिसको कुनै रगत, पसिना, आँशु र इतिहासको मुल्य हुँदैन भन्ने सुनेकी थिएँ, मेरो रत्नपार्कमा पोखिएको रगत पनि मेरो पार्टीको लागि विष्णुमतिमा बगेको पानी जस्तै भएछ । विगतले गिजाएजस्तै भाको छ । समानुपातिकतर्फको पार्टी निर्णयले सायद धेरै साथीहरूलाई जस्तै मलाई पनि आश्चर्य चकित बनायो । तत्काल केही पाउन र पाइन्छ भनेर लागेको होइन । मेरो बिश्वास डगमगाएको छैन म परिवर्तनको आन्दोलनमा लागिनै रहने छु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us