पार्टी संस्थागत निर्णय नमान्ने नेताहरू नोटिसमा छन्, विचार गरिन्छः भानुभक्त ढकाल

काठमाण्डु टुडे २०८२ असार २६ गते १७:२२ मा प्रकाशित

काठमाण्डू, २६ असार– पूर्व मन्त्री एवं एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालले नेतृत्वको विरोध नगरी नेता भइन्न भन्ने मानसिकता त्याग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

जनसंगठनहरूका पदाधिकारी भेला राखेर ढकालले संस्थागत निर्णय नमान्नेहरू नोटिसमा रहेको र उनीहरुको हिसाबकिताब हुने पनि बताए । ‘पार्टीका नीति, विधिमाथि तलबितल गरियो भने मात्र नेता होइन्छ भन्ने सोचाइ त्याग्नुस्,’ ढकालको निर्देशन छ, ‘पार्टीको संस्थागत निर्णय नमान्दा हुन्छ भन्ने मानसिकता केही संगठनका पदाधिकारीमा देखिन्छ ।

यस्तो प्रवृत्ति पार्टीको नोटिसमा छ ।’ पार्टीको महाधिवेशनबाट पारित भएको विधानबारे टिप्पणी नगर्न ढकालको चेतावनी थियो । ‘कसरी नेतृत्वलाई अप्ठ्यारो पार्न सकिन्छ भनेर बोल्ने नेताहरूबारे विचार गरिन्छ, नोटिस गरिएको छ,’ ढकालले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us