आयोगमा सूची बुझाउने आज अन्तिम दिन

काठमाण्डु टुडे २०७० पुष १५ गते १:५४ मा प्रकाशित

election commition of nepalकाठमाण्डु, १५ पुस– निर्वाचन आयोगले समानुपातिक तर्फको सूची बुझाउन दलहरुलाई दिएको अन्तिम समय सीमा सोमबार सकिदै छ । आज अन्तिम दिन भएकाले निर्वाचन आयोगमा दलहरुले आफूले पाएको समानुपातिक कोटा अनुसार सभासदहरुको सूची बुझाउदै छन् । सूची तयार पार्न दलहरु विहानैदेखि छलफलमा व्यस्त छन् ।

पछिल्लो समय दलहरुको आग्रहमा पुस १० गते आयोगले ५ दिन समय थपेको थियो । यसअघि दलहरुको आग्रहमा निर्वाचन आयोगले ३ पटकसम्म थपिसकेको छ । निर्वाचन आयोगले अब भने समय नथप्ने बताईसकेको छ ।

थपिएको समयमा नेकपा एमाले, राप्रपा लगाएतले समानुपातिक सभासदको सूची बुझाइसकेका छन् । निर्वाचनपछि सबैभन्दा ठूलो दल बनेको नेपाली काँग्रेस, तेस्रो ठूलो दल बनेको एकीकृत नेकपा माओवादी, मधेसवादी दलहरु लगाएतले भने सोमबार कार्यालय समयभित्र निर्वाचन आयोगमा समानुपातिक सूची बुझाउने बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us