महाधिवेशनबाट पारित विधानबारे टिप्पणी गर्नु अराजकताः शंकर पोखरेल

काठमाण्डु टुडे २०८२ असार २६ गते १४:१७ मा प्रकाशित

काठमाण्डू, २६ असार– एमालेका महासचिव शंकर पोखरेलले महाधिवेशनबाट पारित विधानका बारेमा टिप्पणी गर्नु संगठनात्मक अराजकता हुने बताएका छन । जनसंगठनहरुका पदाधिकारी र इन्चार्जको भेला गरेर पोखरेलले संगठनात्मक अराजकताको प्रतिवाद गर्न निर्देशन दिएका छन ।

‘विधान महाधिवेशनले अन्तिम रुप दिएका कतिपय प्रावधान तत्कालीन आवश्यकताका आधारमा राष्ट्रिय महाधिवेशनले संशोधन गर्छ, ‘दुवै महाधिवेशनका प्रतिनिधि भएर त्यस्ता प्रावधानहर आफै अनुमोदन गर्ने अनि अहिले आफै प्रश्न गर्दै हिड्ने कुरा अनैतिक हो ।’अनैतिक कुरा गर्दै हिड्नेहरुको प्रतिवाद गरिनुपर्ने उनले बताए ।

‘राष्ट्रिय महाधिवेशनले पास गरेका विषयमा टिप्पणी गर्दै हिड्ने कुरा अनुशासनहीन र अराजक हो, जसले यस्ता गतिविधि गर्द, त्यसको प्रतिवाद गर्नुपर्छ’, पोखरेलले भने ।

पार्टीमा संगठनात्मक अराजकता क्षम्य नहुने भएकाले अवज्ञा नगर्न पोखरेलले चेतावनी पनि दिए । एमालेमा लगातार दुई कार्यकाल भन्दा बढी एउटै पदमा बस्न नहुने पार्टी विधान संशोधन गरिएकोप्रति विवाद छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us