
काठमाण्डु, ११ पुस– कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सबै राजनीतिक दलको भावना समेटेर सहमतिको दस्तावेजका रुपमा संविधान बनाउने बताएका छन् ।
देउवाले कांग्रेसले अहिले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताए ।
देउवाले सबै दलबीच सहमति हुन नसके बहुमतका आधारमा संविधान निर्माणको काम अघि बढाउने बताए ।
काठमाण्डुमा भएको कार्यक्रममा देउवाले अघिल्लो पटक कांग्रेसको बहुमत नआएकाले संविधान नबनेको जिकिर गरे ।
उनले आवधिक निर्वाचन, शक्तिपृथकीकरण, मानवअधिकार, प्रेस स्वतन्त्रताजस्ता विषयमा कसैसँग सम्झौता नगर्ने बताए ।
उनले कांग्रेस संघीयताप्रति प्रतिबद्ध रहेको उल्लेख गरे ।
कार्यक्रममा कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघका कार्यकर्ताले महाधिवेशनको माग गर्दै ज्ञापन पत्र बुझाएका थिए ।