पहिचानको मुद्दामा गलत प्रचार भयो: कुमाल

काठमाण्डु टुडे २०७० पुष ११ गते ६:४७ मा प्रकाशित

Nagendra kumalरोल्पा, ११ पुस – आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष नगेन्द्र कुमालले आफूहरुको मुद्दालाई गलत ढङ्गले प्रचार गरिएको आरोप लगाएका छन् । आफूले जातीय राज्य नभई जातीय पहिचानको मुद्दा उठाएको भन्दै उनले यसमा स्पष्ट हुन आग्रह गरेका छन् ।

आदिवासी जानजाति पत्रकार महासंघ फोनिज रोल्पाको आयोजनामा भएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष कुमालले आदिवासी जनजातिको मुद्दामा राज्यनै पछि परेको गुनासो गरे ।

नेपाल सरकारले आइएलओमा हस्ताक्षर गरिसकेर पनि नेपालमा त्यसको कार्यान्वयन नगरेको भन्दै उनले मानव अधिकार हननको सबैभन्दा बढी सिकार आदिवासी जनजाति भएको गुनासो गरे ।

अहिले मुलुकमा सबैको पहिचानसहितको राज्य चाहिएको बताउँदै कुमालले यसले देशलाई विभाजित नभई मजबुत बनाउने जिकिर समेत गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us