
काठमाण्डु, ११ पुस- नेकपा मालेले समानुपातिक तर्फका सभासद् छनोट गरेको छ ।
बिहीबारको पोलिटब्यूरो बैठकले महासचिव सिपी मैनाली, केन्द्रीय सदस्य अईन्द्रसुन्दर नेम्वाङ, शिवचन्द्र चौधरी, कलशा महरा र अखिल नेपाल प्रगतिशील महिला संघका केन्द्रीय सदस्य कमला विश्वकर्मालाई सभासद बनाउने निर्णय गरेको हो ।
यो नाम शुक्रबार निर्वाचन आयोगमा बुझाउने मालेले जनाएको छ ।
मालेले प्रत्यक्षतर्फ भने एक सिट पनि जितेको छैन ।
बैठकले शंकर आचार्य र हरिहर थापालाई केन्द्रीय सदस्य तथा इन्दु झा, डा. केदारनाथ दाहाल, माधव सरकार, सुशीला पहाडी तथा शुकदेव यादवलाई केन्द्रीय कमिटीको वैकल्पिक केन्द्रीय सदस्यमा मनोनयन गरेको महासचिव सिपी मैनालीले जानकारी दिनुभयो ।