संविधानसभाको पहिलो बैठक प्रधानमन्त्रीले बोलाउने

काठमाण्डु टुडे २०७० पुष ११ गते १५:१७ मा प्रकाशित

madhav-paudelकाठमाण्डु, ११ पुस– संविधानसभाको पहिलो बैठक मन्त्रीपरिषदका अध्यक्षले बोलाउने कि राष्ट्रपतिले बोलाउने भन्ने विवाद बढ्दै जाँदा सरकारका प्रवक्ताले प्रधानमन्त्रीले पहिलो बैठकले बोलाउने बताएका छन् ।

सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री माधवप्रसाद पौडेलले अन्तरिम संविधानको धारा ६९ मा प्रधानमन्त्रीले संविधान सभाको पहिलो बैठक बोलाउने ब्यवस्था रहेकाले यो विषयमा विवाद गर्न आवश्यक नभएको बताएका हुन् ।

बिबिसी नेपाली सेवासँगको कुराकानीमा मन्त्री पौडेलले यो विषयमा अव थप विवाद गर्न आवश्यक नभएको बताए ।

सरकार र राष्ट्रपति कार्यालबीच संविधानसभाको पहिलो बैठक कसले बोलाउने भन्ने विषयमा विवाद बढ्दै जाँदा मन्त्री पौडेलको यस्तो धारणा आएको हो ।

तर राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले भने संसदको अधिवेशन राष्ट्रपतिले बोलाउने व्यवस्था भएकाले यो विषयमा राजनीतिक दलहरुले टुंग्याउनु पर्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us