
काठमाण्डु, ११ पुस – एकीकृत माओवादीको पूर्व पोलिटव्यूरोको बैठक बसिरहेको छ ।
पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा जारी बैठकमा समानुपातिक तर्फका उम्मेदवारको सूचीलाई अन्तिम रुप दिने लगायतका विषयमा छलफल हुनेछ । साथै बैठकमा आगामी केन्द्रीय समितिको बैठकमा पेश गर्ने राजनीतिक प्रतिवेदनका लागि सुझाव संकलन गर्ने विषयमा छलफल बताइएको छ ।
समानुपातिको सूची बनाउन नेताहरु पोष्टबहादुर बोगटी, बर्षमान पुन, गिरिराजमणि पोखरेल र देवेन्द्र पौडेल रहेको कार्यदल समेत बनाएको एमाओवादीले पुरानालाई नदोहोर्यािउने, एक जिल्लाबाट कम्तीमा एक जना पार्ने, सहिद बेपत्ता परिवारका सदस्य, आन्दोलनको निरन्तरता र विषय विज्ञता भएकाहरूलाई प्राथमिकता दिने तयारी गरेको छ ।
कार्यदलले तयार पार्ने सूचीलाई पूर्व पोलिटव्यूरोको बैठकले अनुमोदन गरेपछि निर्वाचन आयोगमा बुझाउने तयारी एमाओवादीको तयारी छ । संविधानसभाको दोस्रो चुनावबाट तेस्रो पार्टी बनेको एमाओवादीले समानुपातिकमा ५४ सिट जितेको छ ।