
भक्तपुर, ११ पुस– नेकपा (एमाले)का प्रचार विभाग प्रमुख प्रदीपकुमार ज्ञवालीले कांग्रेरस एमाले प्रतिस्पर्धी भए पनि संविधान निर्माण प्रक्रियामा सहकर्मी भएकाले लोकतन्त्रलाई संस्थागत गर्न दुई दलबीच सहकार्य आवश्यक भएको बताएका छन् ।
भक्तपुरमा भएको कार्यक्रममा नेता ज्ञवालीले कांग्रेसले एमालेलाई कमजोर बनाउन एमाओवादीलाई कार्डका रुपमा प्रयोग गर्न नहुने बताए ।
नयाँ जनादेशअनुसार संविधानसभाले राष्ट्रपतिका विषयमा निर्णय गर्नुपर्नेमा जोड दिँदै उनले अहिलेकै राष्ट्रपतिलाई नयाँ जनादेशअनुसार निरन्तरता दिने भए पनि यसतर्फ कसैले तर्क राख्नै नहुने भन्ने गलत मान्यतालाई भने हटाउनुपर्नेमा जोड दिए । रासस