अन्तर्राष्ट्रिय

युक्रेनका राष्ट्रपतिले प्रधानमन्त्रीसहित मन्त्रिपरिषदको राजीनामा स्वीकार

२०७० माघ १५ गते २:११

काठमाण्डु, १५ माघ – युक्रेनका राष्ट्रपति विक्टर यानुकोविचले त्यहाँका प्रधानमन्त्री र मन्त्रिपरिषदको राजिनामा स्वीकार गरेका छन् । युक्रेनमा लगातार सरकार विरोधी प्रदर्शन भईरहँदा आएको प्रधानमन्त्री मकोला आजिरोव लगायत मन्त्रिपरिषदले मंगलबार राजीनामा दिएका थिए । युक्रेन भईरहेको विरोध प्रदर्शनलाई प्रतिवन्धित गर्न प्रधानमन्त्रीले त्यहाँको संसदमा राखेको...

पहिरोमा परी १९ को मृत्यु

२०७० माघ १४ गते ९:३७

जाकार्ता, १४ माघ– इन्डोनेसियाको प्रमुख द्वीप जाभामा भारी वर्षापछि आएको पहिरोहरुमा परी  कम्तीमा १९ जनाको मृत्यु भएको छ । पहिरोमा अन्य १० जना बेपत्ता भएको समेत सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । पूर्वी जाभाद्वीपको जोम्वाङ्ग जिल्लास्थित पहाडी इलाकामा भारी वर्षापछि आएको पहिरोमा पाँच वटा...

होम्स शहरमा फसेका महिला र बालबालिकालाई सुरक्षित बाहिर निकाल्ने सहमति

२०७० माघ १३ गते २:२४

काठमाण्डु, १३ माघ–सिरियामा सरकार र विपक्षीबीच होम्स शहरमा फसेका महिला तथा बालबालिकाहरुलाई सुरक्षित बाहिरिन दिने सम्झौता भएको छ । विपक्षी र सरकारबीच जेनेभामा जारी शान्तिवार्ताको दोस्रो दिन यो सम्झौता भएको राष्ट्र संघका विशेष दुत लखदर ब्राहिमिले बताएका छन् । वार्ताको क्रममा सरकारले हतिरयारधारी समुहले...

इजिप्टमा २९ जना मारिए

२०७० माघ १२ गते ३:५४

काठमाण्डु, १२ माघ– इजिप्टमा सैनिक शासक होस्नी मुबारकको शासन अन्त्य भएको बार्षिक उत्सव मनाउने क्रममा झडप हुँदा २९ जना मारिएका छन् । राजधानी कायरोको ताहिरिर स्क्वायरमा सैनिक सरकार र विपक्षीहरुबीचको झडपमा २९ जनाको मृत्यु भएको हो । सन् २०११ को जनवरीमा १८ दिनको आन्दोलनपछि...

रुखको हाँगोले लागेर गिद्द मर्‍यो

२०७० माघ ११ गते १२:२३

मनिला, १० माघ – फिलिपिन्समा रुखको हाँगो खसेर लाग्दा एक गिद्द मरेको छ । लोपोन्मुख गिद्द संरक्षणका लागि राखिएको गिद्द रुखको हाँगोले चुच्चोमा लाग्दा मरेको हो । अराकन नाम गरेको यो गिद्द १५ वर्षको थियो । फिलिपिन्समा संरक्षण गरिएको २ सय ५० वटा गिद्द...

इन्डोनेसियामा ६.१ रेक्टर स्केलको भूकम्प

२०७० माघ ११ गते १०:५२

जाकार्ता, ११ माघ– इन्डोनेसियाको जाभाद्वीपमा शनिबार ६.१ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएको छ । तर स्थानीय अधिकारीहरुका अनुसार यस भूकम्पको कारण सुनामी चेतावनी भने दिइएको छैन । शनिबार  आएको सो भूकम्पको केन्द्र बिन्दु जाभा प्रान्तको तटिय सहर आदिपालाबाट ३९ किलोमिटर...

सिरिया सरकार र विपक्षीबीच वार्ता हुँदै

२०७० माघ ११ गते ४:५७

काठमाण्डु, ११ माघ – सिरिया सरकार र विपक्षीबीच शनिबार शान्ति वार्ता हुँदैछ । जेनेभामा हुन लागेको वार्तामा सरकार र विपक्षी प्रतिनिधि एकै कोठामा बसेर छलफलमा जुट्न लागेको सिरियाका लागि संयुक्त राष्ट्रसंघका प्रतिनिधि लख्दर ब्राहिमीले जानकारी दिएका छन् । यद्यपी एउटै कोठामा बसेपनि दुबै पक्षले...

दक्षिण सुडानमा युद्ध विराम

२०७० माघ १० गते ३:५४

काठमाण्डु, १० माघ– अफ्रिकी देश दक्षिण सुडानमा सरकार र विद्रोहीबीच युद्धविराम भएको छ । दुबै पक्षका प्रतिनिधिबीच इथोपियामा भएको वर्तामा युद्ध विराम गर्ने सहमति भएको हो । इथोपियाको राजधानी अदिस अबाबाको एक होटलमा भएको वार्तामा चौबिस घण्टाभित्र युद्ध रोक्ने सहमति भएको बीबीसीले जनाएको छ...

युक्रेनमा गतिरोध अन्त्य हुने संकेत

२०७० माघ १० गते ३:१७

काठमाण्डु, १० माघ– युक्रेनमा जारी राजनीतिक गतिरोध समाप्त हुने संकेत देखिएको छ । विपक्षी नेता अर्सेनी यात्सेन युकले राष्ट्रपति भिक्टर यानोभिकसँग छलफल गरेपछि सहमतिको सम्भावना देखिएको अन्तराष्ट्रिय सन्चार माध्यमले जनाएका छन् । संकट समाधानको प्रयासमा चार घण्टा लामो छलफलले सरकार र विक्षीलाई सहमति नजिक...

चौकी आक्रमणमा पाँच प्रहरीको मृत्यु

२०७० माघ ९ गते १०:३१

कायरो, ९ माघ– इजिप्टको राजधानी कायरोमा अवस्थित एक जाँचचौकीमा बिहीबार आतङ्ककारी आक्रमण भएको समाचार छ । यस आक्रमणमा पाँच इजिप्टेली प्रहरीको मृत्यु भएको राज्यद्वारा सञ्चालित टेलिभिजनले जनाएको छ । बेनी सुएफ प्रान्तमा अवस्थित यस प्रहरी चौकीमा भएको आक्रमणमा अन्य दुई जना प्रहरी घाइते भएको...

लोकसभामा आम आदमीको १० सिट !

२०७० माघ ९ गते ५:२४

काठमाण्डु, ९ माघ–दिल्ली विधानसभा चुनावमा आश्चर्यजनक परिणाम ल्याएर सरकारको नेतृत्व गरेको आम आदमी पार्टी (आप)ले अब लोकसभा चुनावमा कति सिट ल्याउला भनेर सबैमा खुल्दुली लागेको छ । भ्रष्टाचार विरोधी अभियान र सामाजिक काम गरेर सर्वसाधारणको मन जित्दै आएको आपले पनि चुनावको तयारीलाई जारी राखेको...

थाइल्याण्डमा संकटकाल

२०७० माघ ८ गते २:२४

काठमाण्डु, ८ माघ–प्रधानमन्त्री यिङलक सिनावात्रालाई हटाउन माग गर्दै प्रदर्शन चर्किएपछि थाइल्याण्डको राजधानी बैंककमा बुधबारदेखि संकटकाल लगाइएको छ । हजारौं मानिस दिनहुँ सडकमा ओर्लेर प्रदर्शन गर्दा जनजीवन प्रभावित भएको भन्दै संकटकाल लगाइएको हो । संकटकाल लागू भएसँगै पाँच वा सो भन्दा धेरैजना भेला हुन र...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us