
एजेन्सी–इरानले कतारस्थित अमेरिकी हवाई सैन्य अड्डामा मिसाइल आक्रमण गरेको छ ।
आफ्नो आणविक केन्द्रलाई लक्षित गरी अमेरिकी लडाकु विमानले गरेको आक्रमणको जवाफमा इरानले कतारस्थित अमेरिकी सैन्ड अखडालाई निशाना बनाएको हो ।
कतारको राजधानी दोहा नजिकै अमेरिकाद्वारा सञ्चालित अबु नख्ला विमानस्थल समेत भनिने अल उदैद सैन्य अड्डामा इरानले आक्रमण गरेको राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वीकार गरेका छन् । उनले इरानले पूर्वजानकारी दिएर हमला गरेको बताए ।
पूर्वजानकारी पाएपछि हवाई अड्डामा जहाज उडान र अवतरण रोकिएको थियो । यो समाचार तयार पार्दासम्म मानवीय क्षतिको विवरण आएको छैन । उक्त हवाई अड्डा मध्यपूर्वमा अमेरिकी केन्द्रीय कमाण्डको हवाई मुख्यालयको रुपमा छ ।
बीबीसीका अनुसार त्यहाँ झण्डै ८ हजार अमेरिकी सैनिक तैनाथ छन् । कतारले सन् २००० देखि अमेरिकालाई उक्त विमानस्थल सैन्य अड्डाका रुपमा प्रयोग गर्न दिँदै आएको छ ।
कतारले इरानले आफ्नो मुलुकको सार्वभौमिकता उल्लंघन गरेको भन्दै आक्रोश व्यक्त गरेको छ । आवश्यक परेको अवस्थामा उपयुक्त जवाफ दिने कतारी अधिकारीहरुले बताएका छन् ।
इरानी हमलापछि आफ्नो हवाई क्षेत्र अस्थायी रुपमा बन्द गरेको छ । यसैबीच अमेरिका र बेलायतलगायत पश्चिमा राष्ट्रले कतारमा रहेका आफ्ना नागरिकलाई सुरक्षित रहन भनेका छन् ।