थाइल्याण्डमा संकटकाल

काठमाण्डु टुडे २०७० माघ ८ गते २:२४ मा प्रकाशित

Yingluck-Shinawatraकाठमाण्डु, ८ माघ–प्रधानमन्त्री यिङलक सिनावात्रालाई हटाउन माग गर्दै प्रदर्शन चर्किएपछि थाइल्याण्डको राजधानी बैंककमा बुधबारदेखि संकटकाल लगाइएको छ । हजारौं मानिस दिनहुँ सडकमा ओर्लेर प्रदर्शन गर्दा जनजीवन प्रभावित भएको भन्दै संकटकाल लगाइएको हो ।

संकटकाल लागू भएसँगै पाँच वा सो भन्दा धेरैजना भेला हुन र कुनै पनि खालको प्रदर्शन तथा गतिविधि गर्न रोक लगाइएको छ । प्रेसलाई भने छुट दिइएको छ । नियम उल्लंघन गर्नेहरुलाई पक्राउ गरी कारवाही गर्ने सरकारले चेतावनी दिएको छ ।

प्रदर्शनकारीहरुले भने प्रधानमन्त्री सिनावात्राको राजीनामा नआएसम्म प्रदर्शन जारी राख्ने बताएका छन् ।

पछिल्लो समय बैंककमा भएको प्रदर्शनको क्रममा प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा २४ जना घाइते भएका छन् । प्रहरीले अश्रुग्याँस र रबरको गोली प्रहार गर्दा प्रदर्शनकारी घाइते भएका बीबीसीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us