चौकी आक्रमणमा पाँच प्रहरीको मृत्यु

काठमाण्डु टुडे २०७० माघ ९ गते १०:३१ मा प्रकाशित

कायरो, ९ माघ– इजिप्टको राजधानी कायरोमा अवस्थित एक जाँचचौकीमा बिहीबार आतङ्ककारी आक्रमण भएको समाचार छ ।

यस आक्रमणमा पाँच इजिप्टेली प्रहरीको मृत्यु भएको राज्यद्वारा सञ्चालित टेलिभिजनले जनाएको छ ।

बेनी सुएफ प्रान्तमा अवस्थित यस प्रहरी चौकीमा भएको आक्रमणमा अन्य दुई जना प्रहरी घाइते भएको पनि सो टेलिभिजनले  जानकारी दिएको छ ।

उक्त आक्रमण सन्  २०११ मा भएको जनविद्रोहको तीन वर्ष पुग्नु दुई दिन अगाडि भएको बताइएको छ । एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us