इजिप्टमा २९ जना मारिए

काठमाण्डु टुडे २०७० माघ १२ गते ३:५४ मा प्रकाशित

काठमाण्डु, १२ माघ– इजिप्टमा सैनिक शासक होस्नी मुबारकको शासन अन्त्य भएको बार्षिक उत्सव मनाउने क्रममा झडप हुँदा २९ जना मारिएका छन् । राजधानी कायरोको ताहिरिर स्क्वायरमा सैनिक सरकार र विपक्षीहरुबीचको झडपमा २९ जनाको मृत्यु भएको हो ।

सन् २०११ को जनवरीमा १८ दिनको आन्दोलनपछि तत्कालीन शासक होस्नी मुबारकको तीन दशक लामो शासन अन्त्य भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us