पहिरोमा परी १९ को मृत्यु

काठमाण्डु टुडे २०७० माघ १४ गते ९:३७ मा प्रकाशित

जाकार्ता, १४ माघ– इन्डोनेसियाको प्रमुख द्वीप जाभामा भारी वर्षापछि आएको पहिरोहरुमा परी  कम्तीमा १९ जनाको मृत्यु भएको छ ।

पहिरोमा अन्य १० जना बेपत्ता भएको समेत सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । पूर्वी जाभाद्वीपको जोम्वाङ्ग जिल्लास्थित पहाडी इलाकामा भारी वर्षापछि आएको पहिरोमा पाँच वटा घर पुरिएको राष्ट्रिय दैबीप्रकोप व्यवस्थापन र न्युनिकरण निकायका प्रवक्ता सुतोपो पुर्वो नुङ्रोहोले बताएका छन् ।

स्थानीय समयअनुसार मङ्गलबार बिहान १.३० बजे पहिरो गएको स्थानीय दैवीप्रकोप निकायकाअधिकारी पुट्रा आनुगेराहले बताएका छन् ।

पहिरो प्रभावित क्षेत्रबाट १९ वटा शव निकालेको र अझै १० व्यक्ति बेपत्ता रहेका  नुङरोहोले थप जानकारी दिएका छन् । पहिरोबाट पाँचवटा घर पूरै ध्वस्त भएको जनाइएको छ । सैनिक र स्थानीय समुदायका सदस्यहरूको सहयोगमा बेपत्ता व्यक्तिको खोजीकार्य भइरहेको अधिकारीहरूले जानकारी दिएका छन् । एपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us