सिरिया सरकार र विपक्षीबीच वार्ता हुँदै

काठमाण्डु टुडे २०७० माघ ११ गते ४:५७ मा प्रकाशित

काठमाण्डु, ११ माघ – सिरिया सरकार र विपक्षीबीच शनिबार शान्ति वार्ता हुँदैछ । जेनेभामा हुन लागेको वार्तामा सरकार र विपक्षी प्रतिनिधि एकै कोठामा बसेर छलफलमा जुट्न लागेको सिरियाका लागि संयुक्त राष्ट्रसंघका प्रतिनिधि लख्दर ब्राहिमीले जानकारी दिएका छन् ।

यद्यपी एउटै कोठामा बसेपनि दुबै पक्षले एक–अर्कासँग सिधा वार्ता गर्ने छैनन् । दुबैले वार्ताको मध्यस्तता गरिरहेका ब्राहिमीमार्फत आफ्नो कुरा राख्नेछन् ।

ब्रहिमीले भनेका छन्, ‘दुबै पक्षले वार्ता सिरियालाई बचाउने उद्देश्यले हुन लागेको कुरा बुझिसकेको हामीलाई विश्वास छ ।’ ब्रहिमीको यस्तो अभिब्यक्ति दुबै पक्षसँग अलग–अलग वार्ता गरेपछि सार्वजनिक भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us