इरानविरुद्ध इजरायलले सबै लक्ष्य हासिल गर्‍योः इजरायली प्रधानमन्त्री नेतन्याहुले

काठमाण्डु टुडे २०८२ असार १० गते १४:३६ मा प्रकाशित

एजेन्सी– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको युद्धविराम प्रस्ताव स्वीकार्दै देशले चाहेभन्दा धेरै लक्ष्य हासिल गरेको दाबी गरेका छन ।

इजरायलको मन्त्रिपरिषदको बैठक गरी ‘अपरेशन राइजिङ लायन’ को सबै लक्ष्यहरू मात्र होइन, त्यसभन्दा धेरै उपलब्धि हासिल भएको नेतान्याहुलेको प्रतिक्रिया छ ।

नेतान्याहुद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘इजरायलले आणविक र ब्यालिस्टिक मिसाइल क्षेत्रद्वारा प्रस्तुत गरिएका दुईवटा तत्काल अस्तित्वगत खतरा हटाएको छ।‘ इजरायली सेनाले ‘तेहरानको आकाशमाथि पूर्ण हवाई नियन्त्रण कायम गरेको, इरानको सैन्य नेतृत्वमा गम्भीर क्षति पुर्‍याएको र केन्द्र सरकारका दर्जनौं प्रमुख संरचनाहरू ध्वस्त पारेको‘ दाबी गरेको छ ।

‘अपरेशनका लक्ष्यहरू हासिल भएको पृष्ठभूमिमा, राष्ट्रपति ट्रम्पसँग पूर्ण समन्वयमा इजरायलले द्विपक्षीय युद्धविराम प्रस्ताव स्वीकार गरेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us