
एजेन्सी– उत्तर इरानको गिलान प्रान्तस्थित अस्ताने–ए–अशरफियेह शहरमा भएको आक्रमणमा कम्तीमा ९ जनाको मृत्यु भएको बताइएको छ । यस्तै उक्त आक्रमणमा ३३ जना घाइते भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन ।
आक्रमणमा चारवटा घर पूर्ण रूपमा ध्वस्त भएको बताइएको छ । गिलान प्रान्तको गभर्नर कार्यालयले उक्त आक्रमणलाई “आतंकवादी हमला” को संज्ञा दिँदै त्यसको ठूलो निन्दा गरेको छ।
इरानी सञ्चारमाध्यमहरूले इजरायलले यो आक्रमण गराएको दाबी गरेका छन्। गिलानका उप–गभर्नरले मृत्यु तथा घाइते हुनेहरूमध्ये १६ जना महिला तथा बालबालिका रहेको बताएको छ ।
केही मिडिया रिपोर्टहरूमा उल्लेख भएअनुसार मारिनेहरूमध्ये एकजना इरानी आणविक वैज्ञानिक मोहम्मद रेजा सिद्दिकी पनि रहेका छन्। यसैबीच, इजरायली सेनाले पनि गएराति एक वरिष्ठ इरानी आणविक वैज्ञानिकको हत्या गरिएको पुष्टि गरेको छ ।