
काठमाण्डू, ९ असार– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर दमक नगरपालिकाले नगर क्षेत्रका सार्वजनिक स्थलमा क्यारेमबोर्ड र लुँडो खेल्न प्रतिवन्ध लगाएको छ । होहल्ला गर्दै क्यारेमबोर्ड र लुँडो खेल्ने क्रम बढेको भन्दै नगरपालिकाले यी खेललाई प्रतिबन्ध लगाएको जनाएको छ ।
दमक नगरपालिका प्रधानमन्त्री केपी शर्मा ओलीको घर भएको स्थानीय तह पनि हो । जुवाजन्य रुपमा हारजीतसहित क्यारेमबोर्ड र लुँडो खेल्ने प्रवृत्ति मौलाउदै गएकाले यसलाई प्रतिबन्ध गरिएको दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले जानकारी दिए ।
नगरपालिकाले गरेको सर्वपक्षिय छलफलमा यो बिषय उठेको र विकृति नियन्त्रणका लागि यस्तो निर्णय लिनुपरेको उनले जानकारी दिए । क्यारेमबोर्ड र लुँडोलाई कानुनले जुवाका रुपमा मान्यता दिदैन । तर पनि नगरभित्र यस्ता खे्लका कारण विकृति आएको चरम गुनासो आएपछि नगरपालिकाले प्रतिवन्ध लगाएको भनेको छ ।
छरछिमेक र बालबालिकामा समेत असर गर्नेगरी यस प्रकारका खेल खेल्ने र खेलाउने कार्य नरोकिए कारवाही गरिने पनि नगरप्रमुख थापाले जानकारी दिएका छन ।