रुखको हाँगोले लागेर गिद्द मर्‍यो

काठमाण्डु टुडे २०७० माघ ११ गते १२:२३ मा प्रकाशित

eagleमनिला, १० माघ – फिलिपिन्समा रुखको हाँगो खसेर लाग्दा एक गिद्द मरेको छ । लोपोन्मुख गिद्द संरक्षणका लागि राखिएको गिद्द रुखको हाँगोले चुच्चोमा लाग्दा मरेको हो ।

अराकन नाम गरेको यो गिद्द १५ वर्षको थियो । फिलिपिन्समा संरक्षण गरिएको २ सय ५० वटा गिद्द मध्य यो पनि एउटा भएको अधिकारीहरुले जनाएका छन् । यो गिद्द अत्यन्तै लोपोन्मुख मध्यको एक हो ।

दिनभरीका भारी वर्षा पछि एउटा रुखको ठुलो हाँगो भाँचिएको र त्यसले गिद्दलाई लागेको फिलिपिन्स इगल फाउन्डेसनले जनाएको छ । गिद्दको बासस्थानमा सहज होस भनेर यहाँ सयौंको संख्यामा यस्ता रुखहरु रोपिएका छन् ।

फिलिपिन्समा सन् १९९९ देखि यस्ता लोपोन्मुख चराहरुको विशेष संरक्षण गरिँदै आइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us