
जाकार्ता, ११ माघ– इन्डोनेसियाको जाभाद्वीपमा शनिबार ६.१ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएको छ ।
तर स्थानीय अधिकारीहरुका अनुसार यस भूकम्पको कारण सुनामी चेतावनी भने दिइएको छैन । शनिबार आएको सो भूकम्पको केन्द्र बिन्दु जाभा प्रान्तको तटिय सहर आदिपालाबाट ३९ किलोमिटर दक्षिण–दक्षिणपूर्वमा ८३ किलोमिटर गहिराईमा रेहेका पनि सो संस्थाले जनाएको छ ।
यस भूकम्पपश्चात सुनामीको चेतावनी, मानवीय हताहती र सपत्ती क्षतिको भने कुनै समाचार प्राप्त नभएको जलवायु तथा मौसम विज्ञान र भूस्शास्त्र अध्ययन संस्थाका प्राविधिक प्रमुख सुहार्जोनोले बताएका छन् ।
इन्डोनेसिया ‘अग्नीत्रचक्र’ भित्र पर्ने देश भएको हुनाले यहाँ भूकम्प र ज्वालामूखि जस्ता प्रकोपले बारम्बार सताउने गरेको पाइन्छ । सन् २०१३ को जुलाई महिनामा सुमात्रा द्वीपको आचेहमा गएको ६.१ रेक्टर स्केलको भूकम्पबाट कम्तीमा ३५ व्यक्तिको मृत्यु भएको थियो । एएफपी