ट्युनिसिया, ९ फागुन – लिबियाको एक सैनिक विमान ट्युनिसियामा दुर्घटनाग्रस्त हुँदा त्यसमा रहेका ११ जनाको मृत्यु भएको छ । उक्त जानकारी ट्युनिसियाको आकस्मिक सेवाले शुक्रबार दिएको छ । स्थानीय समयअनुसार शुक्रबार बिहानीपख भएको यस दुर्घटनामा तीन चिकित्सक, दुई बिरामी र छ चालक दलका सदस्यको...
वासिङ्टन, १० फागुन – अमेरिकी राष्ट्रपति बाराक ओबामाले निर्वासित तिब्बती नेता दलाई लामासँग भेटवार्ता गरेका छन् । हाल अमेरिकामा रहेका नेता लामालाई राष्ट्रपति ओबामाले राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसमा भेटेका हुन् । भेटमा ओवामाले तिब्बतीयन नागरिकहरुको मानव अधिकार संरक्षणको लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्...
युक्रेनको राजधानी कियभमा सरकारविरोधी प्रदर्शनकारीहरु तथा प्रहरीबीच भएको पछिल्लो भीडन्तमा बीसजना भन्दा बढी प्रदर्शनकारीहरुको ज्यान गएको छ। बुधबार राती राष्ट्रपति यानुकोविच तथा विपक्षी नेताहरुले भीडन्त अन्त्य गर्न सहमति जनाएपनि बिहीबार बिहान हिंसा फेरि चर्किएको थियो। भीडन्त रोक्न भएको भनिएको सहमति भङ्ग भएपछि मैदान भनिने...
काठमाण्डु, ८ फागुन – युक्रेनमा जारी हिंसात्मक सरकार र विपक्षी दुबै पक्ष सहमत भएका छन् । दंगा प्रहरी र सरकार विरोधी प्रदर्शनकारीहरुबीच राजधानी कियभ र देशका अन्यभागमा भएको हिंसात्मक भिडन्तपछि राष्ट्रपति भिक्तोर यानुकोभिचले विपक्षी नेताहरुसंग शान्ति सहमति गरेका हुन् । प्रमुम तीन विपक्षी नेताहरुसँगको...
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका स्थायी सदस्य एवम् प्रधानमन्त्री ली ख छ्याङ्गले प्रान्तस्तरीय मुख्य नेता विषयक असुन्धान कक्षमा आर्थिक व्यवस्थाको सुधारलाई गहन पार्ने विषयबारे प्रतिवेदन दिएका छन । प्रधानमन्त्री लीका अनुसार, विकासका लागि घनिष्ट रुपमा सुधारमा भर पर्नुपर्छ। बितेका छत्तीस वर्षको विकासमा...
इस्लामबाद, ६ फागुन – पाकिस्तानमा तालिवानलसँग सरकारले करिब दुई हप्ताअघि सुरु गरेको शान्तिवार्ताको अन्त्य भएको घोषणा गरेको छ । सो वार्ता सङ्कटमा परेको समाचार सोमबारै सार्वजनिक भएको थियो । पाकिस्तान सरकारले मङ्गलबारै तालिवानहरुसँगको शान्तिवार्ता सरकारका तर्फबाट रद्द भएको जानकारी गराएको एकजना सुरक्षा अधिकारीले जानकारी...
इटलीका राष्ट्रपतिले देशको डेमोक्रयाटिका पार्टीका नेता माटाइओ रेन्ट्सी लाई नयाँ सरकार गठन गर्न भनेका छन्। उनन्चालिस वर्षीय रेन्ट्सी फ्लोरेन्स शहरको मेयरको रुपमा चर्चामा आएका थिए र उनी कहिल्यै संसद सदस्य भएका छैनन्। इटलीका राष्ट्रपति जर्जिओ नेपोलिटानोले सोमबार बिहान एउटा बैठकपछि फ्लोरेन्सका मेयर माटाइओ रेन्ट्सीलाई...
काठमाण्डु, ५ फागुन– अफ्रिकी मुलुक नाइजेरियामा हतियारधारीहरुको आक्रमणमा एक सय ६ जनाको ज्यान गएको छ । boko haram घटनामा सन्दिग्ध इस्लामिक चरमपन्थी समूह बोको हरामको संलग्नता रहको अधिकारीहरुले बताएका छन् । मारिनेमा सबै सर्वसाधारण छन् । प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएअनुसार ट्रक र...
बितेका केही दिनदेखि तिब्बतको दक्षिण-पश्चिमी भागमा हिमपात भएकाले सिन च्याङ्ग-तिब्बत राजमार्गअन्तर्गत तिब्बती राजमार्गको लगभग दुई सय किलोमिटर अवरुद्ध भएको छ। केही ठाउँमा थुप्रिएको हिउँको ढिक्काको उचाइ एक मिटरभन्दा बढी छ। हाल राजमार्ग खुलाउन आकस्मिक कार्य जोडतोडसँग चलिरहेको छ। तिब्बत स्वायत्त प्रदेशको मौसम विभागबाट प्राप्त...
पाकिस्तान ४ फागुन– उत्तरपश्चिम पाकिस्तानको आदिवासी इलाकामा आइतबार पोलियो खोप अभियानमा खटिएका प्रहरीलाई लक्ष्यगरी गरिएको बम आक्रमणमा कम्तीमा एक प्रहरीको मृत्यु भएको समाचार छ । सो आदिवासी इलाकामा पोलियो रोगबाट बालबालिकालाई बचाउने उद्देश्यले सुरु गरिएको यस अभियानलाई लक्षित आक्रमणमा अन्य एक प्रहरी घाइते भएको...
सिरिया सरकार तथा विपक्षी समूहहरुबीच जेनेभामा भैरहेको दोश्रो चरणको वार्ता विना कुनै प्रगति टुँगिएको छ। वार्तामा प्रगति नभएकोमा राष्ट्र संघीय मध्यस्थकर्ता लखदर ब्राहिमीले सिरियाली जनतासँग क्षमा मागेका छन्। दोश्रो चरणको वार्ता शनिबार केही मिनटमै अचानक टुंगिएको थियो।ब्राहिमीले तेश्रो चरणको वार्ताकालागि कुनै मिति तय नगरिएको...
काठमाण्डु, ३ फागुन– अफगानिस्तानको बाग्राम बन्दीगृहमा रहेका ६५ जना बन्दीलाई हालै मात्र अफगानिस्तान सरकारले मुक्त गरेको घटनाले अमेरिका र अफगानिस्तानका बीचमा पुनः विवाद सुरु भएको छ । सन् २०१४ को अन्त्यपछि पनि अफगानिस्तानमा अमेरिकी सैनिक राख्नुपर्ने अमेरिकी प्रस्तावमा अफगानिस्तानले सहमति नजनाएका कारण विवाद जारी...