विमान दुर्घटनामा एघारको मृत्यु

काठमाण्डु टुडे २०७० फागुन ९ गते ११:५२ मा प्रकाशित

ट्युनिसिया, ९ फागुन – लिबियाको एक सैनिक विमान ट्युनिसियामा दुर्घटनाग्रस्त हुँदा त्यसमा रहेका ११ जनाको मृत्यु भएको छ ।

उक्त जानकारी ट्युनिसियाको आकस्मिक सेवाले शुक्रबार दिएको छ । स्थानीय समयअनुसार शुक्रबार बिहानीपख भएको यस दुर्घटनामा तीन चिकित्सक, दुई बिरामी र छ चालक दलका सदस्यको मृत्यु भएको जनाइएको छ ।
ट्युनिसियाको राजधानी ट्युनिसदेखि ४० किलोमिटर टाढा रहेको ग्रोम्बालिया क्षेत्रमा सो दुर्घटना भएको हो । यस विमानमा रहेका कोही पनि जीवित नरहेको उक्त समाचार स्रोतले जानकारी दिएको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us