खोप अभियानमा खटिएका प्रहरीको हत्या

काठमाण्डु टुडे २०७० फागुन ४ गते ११:१८ मा प्रकाशित

पाकिस्तान ४ फागुन– उत्तरपश्चिम पाकिस्तानको आदिवासी इलाकामा आइतबार पोलियो खोप अभियानमा खटिएका प्रहरीलाई लक्ष्यगरी गरिएको बम आक्रमणमा कम्तीमा एक प्रहरीको मृत्यु भएको समाचार छ ।

सो आदिवासी इलाकामा पोलियो रोगबाट बालबालिकालाई बचाउने उद्देश्यले सुरु गरिएको यस अभियानलाई लक्षित आक्रमणमा अन्य एक प्रहरी घाइते भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

पाकिस्तानको पेसावर सहरको बाहिरी इलाकामा पर्ने बुद्दनी क्षेत्रमा प्रहरीको एक समूह सवार रहेको भ्यान पोलियो खोप अभियानमा गइरहेको बताइएको छ ।

उक्त भ्यान लक्ष्यगरी दुरनियन्त्रित यन्त्रबाट गरिएको बम आक्रमणमा एक प्रहरी अधिकारीको मृत्यु हुनुको अन्य एक घाइते भएको स्थानीय वरिष्ठ अधिकारी जाहैर उल इस्लामले एएफपी समाचार समितिलाई बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us