हिमपातबाट तिब्बतमा सडक यातायात अवरुद्ध

काठमाण्डु टुडे २०७० फागुन ५ गते ३:३६ मा प्रकाशित

बितेका केही दिनदेखि तिब्बतको दक्षिण-पश्चिमी भागमा हिमपात भएकाले सिन च्याङ्ग-तिब्बत राजमार्गअन्तर्गत तिब्बती राजमार्गको लगभग दुई सय किलोमिटर अवरुद्ध भएको छ। केही ठाउँमा थुप्रिएको हिउँको ढिक्काको उचाइ एक मिटरभन्दा बढी छ। हाल राजमार्ग खुलाउन आकस्मिक कार्य जोडतोडसँग चलिरहेको छ।

तिब्बत स्वायत्त प्रदेशको मौसम विभागबाट प्राप्त जानकारी अनुसार, गत चौध तारिखदेखि तिब्बत स्वायत्त प्रदेशको दक्षिण-पश्चिमी भागमा भयङ्कर हिमपात भएको छ। यसबाहेक, आगामी दुई/तीन दिनभित्र आलीको दक्षिणी भाग र शिगाचेको दक्षिण-पश्चिमी भागमा भयङ्कर हिमपात जारी छ।

लगातार हिमपातले स्थानीय यातायात ठप्पप्राय भएको छ। सिन च्याङ्ग-तिब्बत राजमार्ग अन्तर्गत तिब्बती राजमार्गलाई अवरुद्ध छ।

सिन च्याङ्ग-तिब्बत राजमार्गको यातायात अवद्धद भएपछि ल्हासाबाट आलीतर्फ उड्ने यात्रु विमानको आवत-जावतमा पनि प्रत्यक्ष असर परेको छ। CRI

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us