ओवामाले दलाई लामालाई भेटे

काठमाण्डु टुडे २०७० फागुन ९ गते ८:२५ मा प्रकाशित

obamaवासिङ्टन, १० फागुन – अमेरिकी राष्ट्रपति बाराक ओबामाले निर्वासित तिब्बती नेता दलाई लामासँग भेटवार्ता गरेका छन् ।

हाल अमेरिकामा रहेका नेता लामालाई राष्ट्रपति ओबामाले राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसमा भेटेका हुन् ।

भेटमा ओवामाले तिब्बतीयन नागरिकहरुको मानव अधिकार संरक्षणको लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

चीनले लामासँग नभेट्न अमेरिकालाई आग्रह गरेको थियो । चीनको आग्रहको बेवास्था गर्दै ओवामाले उनलाई भेटेका हुन् । ओबामाले यसअघि तिब्बती नेता लामालाई सन् २०११ मा ह्वाइट हाउसमा नै भेटेका थिए । सो भेटको चीनले व्यापक विरोध गरेको थियो ।

चीनले दलाई लामासँगको अमेरिककी सम्बन्धलाई राम्रो मान्ने गरेको छैन । चीनले दलाई लामालाई भेडाको छाला ओढेको ब्वाँसोको सङ्ज्ञा दिने गरेको छ । लामा विगत केही दिनदेखि नै अमेरिकाको भ्रमणमा रहेका छन् ।

अमेरिकाले तिब्बतलाई पृथक गराउन चाहेको चिनिया मिडियाको आरोप
दलाई लामालाई अमेरिकी राष्ट्रपति बाराक ओबामाले भेटेको बिषयलाई चिनिया मिडियाले चीन बिरोधी हास्य नाटकको संज्ञा दिएका छन ।

तिब्बत शास्त्र अनुसन्धान केन्द्रका अनुसन्धाता ल्यानस्याङग मिनलाई उदृत गर्दै चाईना रेडियो इन्टरनेशनलले लेखेको छ ‘तथाकथित ‘तिब्बतको स्वतन्त्रता’का लागि एकातिर सशस्त्र आक्रमण गर्ने,हुलदंगा मच्चाउने आदि तरिका मार्फत तिब्बतमा सर्वसाधारणको सामान्य जीवन माथि असर पुरयाइएको थियो । अर्कातिर तथाकथित ’तिब्बत समस्या’लाई अन्तराष्ट्रियकरण गरिएको छ ।’

सन १९५९ मार्च १०मा दलाई लामाको बिद्रोह असफल भएपछि उनी बिदेशमा शरणार्थीको रुपमा बस्दै आएका छन । चिनिया मिडियाले दलाई लामाको दाता अमेरिका रहेको र अमेरिकाले तिब्बतलाई पृथक तुल्याउन खोजेको आरोप लगाएका छन ।

‘दलाई लामाले अन्तराष्ट्रिय मञ्चको प्रयोग गरेर चीन बिरोधी अन्तराष्ट्रिय शक्तिबाट समर्थन लिइचीन सरकारलाई दबाब दिएका छन । साथै लामो समयदेखि अमेरिका दलाई समूहको मुख्य दाता मुलुक हो ।अमेरिकाले आफनो रणनैतिक फाइदाका कारणले दलाई समूहलाई समर्थन दिएको छ’सिआरआईले भनेको छ‘तिब्बत स्वतन्त्र हुने राजनीतिक लक्ष्यका लागि दलाई समूहको गतिबिधि अवश्य बिफल हुनेछ । दलाई समूहको प्रयोग गरेर केहि मुलुकको चीनलाई पृथक तुल्याउने र चीनको बिकासलाई रोक्ने अभिप्राय पनि विफल हुने छ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us