बोको हराको आक्रमणमा १ सय ६ जनाको मृत्यु

काठमाण्डु टुडे २०७० फागुन ५ गते ६:३५ मा प्रकाशित

काठमाण्डु, ५ फागुन– अफ्रिकी मुलुक नाइजेरियामा हतियारधारीहरुको आक्रमणमा एक सय ६ जनाको ज्यान गएको छ ।
boko haram boko haramघटनामा सन्दिग्ध इस्लामिक चरमपन्थी समूह बोको हरामको संलग्नता रहको अधिकारीहरुले बताएका छन् ।

मारिनेमा सबै सर्वसाधारण छन् । प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएअनुसार ट्रक र मोटरसाइकलमा आएका बन्दुकधारीहरुको एक समूहले बोर्नो राज्यको एक गाउँका सर्वासधारणमाथि अन्धाधुन्ध गोली चलाएका थिए ।

केहीको रेटेर हत्या गरिएको बताइएको छ । आक्रमणमा केही मानिस भागेर ज्यान गोजाउन सफल भएका छन् । घटनास्थलमा सरकारी सुरक्षार्कीसमेत जान नसकेको बताइएको छ ।

जसका कारण शवहरु सडक र सार्वजनिक स्थानहरुमा बेवारिसे अवस्थामा छन् । आक्रमणका लागि सो समूह लुकेर बसेको हुनसक्ने आशंकामा उद्धारकर्मी घटनास्थल जान डराएका हुन् ।

एक सातअघि मात्र बोर्नो राज्यको कोनडुगा सहरमा बोको हरामको आक्रमणमा ३० सर्वसाधारण मारिएका थिए । उत्तरी नाइजेरियामा छुट्टै इस्लामिक राज्य माग गर्दै बोको हरामले सन् २००९ देखि हिंसात्मक गतिविधि गर्दै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us